काठमाडौं । नेपाल चलचित्र कलाकार संघले ‘फान अवार्ड’को तेस्रो संस्करणको आयोजना गर्ने भएको छ । यसका लागि संघले तयारी गरिरहेको जनाएको छ । कलाकार संघले विसं २०७२ र २०७४ मा अवार्डको आयोजना गरेको थियो । यसपछि कोभिड-१९ का कारण अवार्डलाई निरन्तरता दिन सकेको थिएन ।
कलाकार संघले विसं २०७९ र २०८० मा रिलिज भएका चलचित्रलाई यो वर्ष अवार्ड दिनेछ । दुई वर्षको छुट्टाछुट्टै अवार्ड दिइने संघले जनाएको छ । अवार्डमा सहभागिताका लागि केही दिनमै आवेदन फारम खोल्ने संघको तयारी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच