ग्रामर स्कुल एण्ड कलेजको वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न

Read Time = 2 mins

काठमाडौं । ग्रामर स्कुल एण्ड कलेजको २९औ वार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा स्कुलले १३औं अभिवावक दिवससमेत भव्यताका साथ सम्पन्न गरेको छ । स्कुल परिसरमै भएको कार्यक्रम भव्य र सभ्य रूपमा आयोजना भएको थियो ।

कार्यक्रममा मन्टेस्वरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको कला प्रतिभा प्रदर्शन गरिएको थियो । त्यस्तै स्कुलका उत्कृष्ट शिक्षक शिक्षिकालाई सम्मान गरिएको थियो भने उत्कृष्ट अभिभावकलाई पनि सम्मानित गरिएको थियो । सोही क्रार्यक्रम मै मन्टेस्वरीको दीक्षान्त समारोह गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि, ग्रामर फाउण्डेशनका बोर्ड अध्यक्ष पुरञ्जन राई हुनुहुन्थ्यो भने सभापति सञ्चालक समितिका अध्यक्ष जयकुमार राई रहनुभएको थियो । त्यस्तै अन्य अतिथिहरूमा स्कुल निर्देशक दिलेन्द्र राई, आर्थिक बिभाग प्रमुख भरतकुमार राई, स्कुल प्रिन्सिपल राजकुमार राई रहनुभएको थियो । कार्यक्रम सञ्चालन आनन्द कला राईले गर्नुभएको थियो ।

लगभग सात सय अभिभावकको उपस्थित कार्यक्रम कोटेश्वर ग्रामर मन्टेस्वरीको प्रांग्रणमा सम्पन्न भएको हो । डा.दीपक खनालले अभिभावकको तर्फबाट ग्रामर स्कुलले बालबालिकाको मानसिक, शारीरिक, सामाजिक क्षेत्रमा विकास हुने खालको शिक्षा प्रदान गरिरहेको बताउनुभयो ।

त्यस्तै, शीतल काफ्लेले महिला अभिभावकको तर्फबाट प्रतिनिधि रहनुभएको थियो भने संगीतकार रोशन बान्तवाको संयोजकत्वमा, मौलिक तथा सांस्कृतक प्रस्तुतिहरूको उत्कृष्ट प्रदर्शन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?