आर्सनल र सिटीको जित

Read Time = 2 mins

लण्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई २–० गोलअन्तरले पराजित गरेको छ । फिल फोडेन र बेर्नार्डो सिल्भाको गोलमा सिटीले जित हात पारेको हो ।

खेलको १५औँ मिनेटमा फोडेनको गोलबाट सिटीले अग्रता लिएको थियो । ६७औँ मिनेटमा सिल्भाले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गर्नुभयो । जितसँगै २६ खेलमा सिटी ५८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ । ४१ अंक बटुलेको न्युक्यासल पाँचौँ स्थानमा छ ।

यस्तै, अर्को खेलमा आर्सनलले बोर्नमाउथसँग ३-२ को जित निकाल्यो । निर्धारित समयको खेलमा २-२ को बराबरी भए पनि इन्जुरी समयमा रिस निल्सनले आर्सनलका लागि निर्णायक गोल गर्नुभएको थियो ।

त्यसअघि खेलको पहिलो मिनेटमा नै फिलिप बिलिङले गोल गर्दै बर्नामाउथले अग्रता दिलाउनुभएको थियो । मार्कोस सेन्सीले ५७औँ मिनेटमा बर्नामाउथका लागि दोस्रो गोल गर्दा आर्सनल २-० ले पछि पर्‍यो । थोमस पार्टेले ६२औँ मिनेटमा आर्सनलका लागि एक गोल फर्काउनुभयो भने बेन हृवाइटले ७०औँ मिनेटमा आर्सनलका लागि बराबरी गोल फर्काउनुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?