फागुन २५ मा भैरवी उत्सव हुँदै, आज सद्गुरुद्वारा प्राण प्रतिष्ठा गरिँदै

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । यही फागुन २५ गते बिहीबार काठमाडौंमा लिंग भैरवी उत्सव आयोजना हुने भएको छ । लिंग भैरवी दिव्य स्त्रीत्वको सबैभन्दा उग्र अभिव्यक्ति हो । आज (फागुन २३ गते, मंगलबार) यसको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम छ । लिंग भैरवीलाई नेपालमा स्वागत गर्ने भव्य उत्सवका रूपमा फागुन २५ गते भैरवी उत्सव आयोजना हुन लागेको हो । यसमा सद्गुरुसँग सत्संग पनि समावेश हुने आयोजकले जनाएको छ ।

सद्गुरुका अनुसार स्त्रीगुण हुनु कमजोरी होइन, यो गुण पुरुषमा पनि उत्तिकै जीवित हुन सक्छ । दुई गुण सन्तुलनमा हुँदामात्रै मानिसले तृप्त जीवन जिउन सक्छ । यदि स्त्रीगुण हराएमा, जीवनमा सबै कुराहरू सुन्दर, कोमल, गैरप्रतिस्पर्धी र पालनपोषण गर्ने सबै हराउनेछ ।
सद्गुरुका अनुसार स्त्रीबिना पनि जीवन हुन सक्छ भन्ने चित्र हामी सिर्जना गरिरहेका छौं, यो एक खतरनाक तस्वीर हो, जुन क्रूरताको चरम स्तरमा अभिव्यक्त भइरहेका छन् । नारीबिना पनि हामी यहाँ रहन सक्छौं भन्ने सोचका कारण स्त्रीगुण धेरै डुबेको छ । महिलाहरू धेरै यस्ता छन्, जसलाई महिला भएकोमा लाज लाग्छ । समाजमा स्त्रीगुण सचेत रूपमा पालनपोषण गर्न र प्रशंसा गर्न जीवन र जगत्का लागि आवश्यक छ ।

लिंग भैरवीबारे सद्गुरु भन्नुहुन्छ, ‘लिंग भैरवीः ईश्वरीय स्त्री’
जुन क्षण हामीले ईश्वर शब्द उच्चारण गर्छौं, धेरैजसो मानिसले माथि हेर्छन् किनभने ईश्वर माथि हुनुपर्दछ भन्ने छ । भारतीय संस्कृतिमा हामीले देवता कतै हुन्छ भन्ने विश्वास गरेका छैनौं । हामीले देवता बनाउने प्रविधिहरू सिक्यौं । हामीले ३३ करोडभन्दा बढी देवीदेवताहरू सिर्जना गरेका छौं । यी उपकरणहरू तपाईंलाई तपाईंको आफ्नै इन्द्रीयहरूको सीमितताभन्दा बाहिरको कुरामा पहुँच प्रदान गर्नलाई थियो ।
यस संस्कृतिमा भनिएको थियो कि यदि तपाईं डराउनु हुन्छ भने तपाईं एक प्रकारको देवतामा जानुहोस् । यदि तपाईंलाई रोग छ भने तपाईं अर्कै प्रकारको देवतामा जानुहुन्छ ः यदि तपाईंलाई समृद्धि चाहिन्छ भने तपाईं अर्को प्रकारको देवतामा जानुहुन्छ, र यस्तै । यो किनभने यी जीवनका निश्चित आयाममा पहुँच गर्ने उपकरण हुन् ।

ईश्वरको एक उग्र स्त्री रूप
लिंग भैरवी स्त्री लिंगको रूपमा प्राण प्रतिष्ठित एक धेरै शक्तिशाली र उग्र रूप हो । लिंगको रूपमा पुजिएको स्त्री शक्ति धेरै दुर्लभ छ । यस ग्रहमा हामीले जान्दछौं कि भौतिक सृष्टिको सबैभन्दा ठूलो कृति मानव शरीर हो । यो जस्तो परिष्कृत र शानदार कुनै भौतिक संयन्त्र छैन । यसमा पुरुष गुणको देन भए पनि यो अनिवार्य रूपमा स्त्रीको गर्भमा निर्मित हुन्छ । लिंग भैरवी परम स्त्री प्रकृति हो ।

संसारमा एउटा दुखद् कुरा के छ भने महिलाहरू बार्बी डलजस्तै बनिरहेका छन् । तिनीहरूमा उग्रता छैन । तिनीहरूमा कुनै स्त्री आगो छैन । उनीहरूमा केवल इष्र्या मानवीय महत्वाकांक्षा र अन्य बकवासमात्र छन् । एक महिलाले यो संसारमा के थप्न सक्छिन् भने उनी आगोजस्तै हुन् । भारतीय संस्कृतिले महिलालाई उग्र र तीव्र हुन प्रोत्साहित गरेको छ । यो देशको पुरानो साहित्य हेर्नुपर्छ, जहाँ कविहरूले भनेका छन्, ‘घरेलु महिलालाई के गर्ने ? हामीले महिलाहरूलाई घरपालुवा बनाएका छौं किनभने हामी प्रजनन्, परिवार बढाउन, आदि गर्न चाहन्थ्यौं । तर यदि तपाईं अन्य सम्भावना खोज्दै हुनुहुन्छ भने सधैं आवश्यक नहुन सक्छ । तर, कहिलेकाहीँ यो केही नराम्रो व्यवहारसँग पनि आउँछ ।

हामीले लिंग भैरवीको रूप प्रकट गर्दा पनि मैले उनलाई यसरी बनाएको थिएँ-तीव्र, धेरै उग्र तर एकदम दयालु । यी जीवनका कुनै विरोधाभासी गुण होइनन्, यी सबै चिजहरू सँगै आउँछन् । यसरी नै जीवन आउँछ, लिंग भैरवी एक पवित्र जीवन हो, उग्र, उच्चतम सम्भावनामा तर अदम्य । उनी एक गर्जना, चिच्याहट हुन् । उनी कोमल, सौम्य प्रकारको होइन । तपाईंले उसलाई कहिल्यै घरपालुवा बनाउन सक्नुहुन्न ।

ज्यामितिको हिसाबले लिंग भैरवी साढे तीन चक्र हो । मूलाधार, स्वाधिष्ठान र मणिपूरक तीन पूर्ण चक्रहरू धेरै हदसम्म कल्याण, स्वास्थ्य र समृद्धिको बारेमा छन् । आधा चक्र (अनाहत)पार पाउने बारेमा छ । यदि तपाईंले आफूलाई त्यो पक्षमा संलग्न गर्नुभयो भने त्यहाँ पार पाउन सक्नुहुन्छ ।

जन्मदेखि मृत्युसम्म र त्यसपछिका संस्कारहरू
भैरवीको निवासबारे महत्वपूर्ण कुरा यो हो कि यो केवल पूजा गर्ने ठाउँ मात्र होइन । यो यस्तो ठाउँ हो जहाँ प्रसवपूर्व अवस्थादेखि मृत्युपछिको अवस्थासम्म ऊर्जा प्रक्रिया हुन्छन् । त्यहाँ गर्भवती हुन चाहने महिलाका लागि, जन्मन बाँकी बच्चाका लागि र जब जन्मिसकेको बच्चाका अन्नप्रासनका लागि, अक्षराम्भका लागि, किशोरावस्थादेखि वयश्यकका लागि, विवाहका लागि, बुढ्यौलीका लागि ऊर्जा प्रक्रिया हुन्छ । मृत्युपछिका कर्म र क्रियाको पनि प्रक्रिया हुन्छ ।

यो ज्ञानको अर्को आयाम स्थापित गर्ने तरिका हो जुन मेरो विचारमा यो पुस्ताले यस दिशामा पर्याप्त काम नगरेमा सदाका लागि हराउने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?