भगवतीद्वारा अमेरिकी रेस्लर सादिका पराजित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली रेस्लर भगवती खड्का (युनिका) ले अन्तर्राष्ट्रिय रेस्लिङ भिडन्तमा अमेरिकी रेस्लरलाई पराजित गर्नुभएको छ । भक्तपुरको सल्लाघारीमा भएको रोमाञ्चक भिडन्तमा भगवतीले अमेरिकाकी सादिकालाई पराजित गर्नुभएको हो । नेपालकी अस्मिता जुरेलीले भारतीय पुरुष रेस्लर अभिराज सिंहलाई हराउनुभयो ।

नेपाल महिला रेस्लिङ फाउण्डेसनद्वारा आयोजित रेस्लिङमा नेपाल ब्रोले पाकिस्तानका शेर खानमाथि जित हात पार्नुभयो । रिङसम्म पुग्न नेपाल ब्रोले कार तथा शेर खानले मोटरसाइकलको प्रयोग गर्नुभएको थियो । नेपालका कृष्ण मगर (सिन्धुपाल्चोक टाइगर) ले पाकिस्तानका अली खानलाई पाखा लगाउनुभयो ।

जम्मा चार स्पर्धामा प्रतिस्पर्धा भएको थियो । नेपालसहित भारत, पाकिस्तान र अमेरिकाका रेस्लर सहभागी प्रतियोगितामा स्कोरपियाको नामले चिनिने नेपाली रेस्लर हिक्मत थपलियाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । विसं २०७१ सालमा स्थापना भएको फाउण्डेसनले पहिलोपटक भक्तपुरमा अन्तर्राष्ट्रिय रेस्लिङ आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?