बेन्फिका च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

Read Time = 3 mins

लण्डन । पोर्चुगिज क्लब बेन्फिकाले प्रि-क्वाटरफाइनलको दोस्रो लिगमा बेल्जियन क्लब बु्रगमाथि ५-१ को जित निकाल्दै अन्तिम आठमा पुगेको छ । बेन्फिकाले पहिलो लिगमा २-० को जित निकालेको थियो ।
घरेलु मैदानमा बेन्फिकाको जितमा गोन्कालो रामोसले दुई तथा राफा सिल्भा, जोआओ मारियो र डेभिड नेरेसले गोल गर्नुभयो । क्लब बु्रगका विजोर्न मेइजेरले एक गोल फर्काउनुभयो । खेलको दोस्रो मिनेटमा नै जोआओ मारियोले गोल गरे पनि भिएआरले उक्त गोललाई मान्यता दिएन । ३८औँ मिनेटमा राफा सिल्भाले गोल गर्दै बेन्फिकालाई १-० को अग्रता दिलाउनुभयो ।

पहिलो हाफको इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा रामोसले गोल गर्दै बेन्फिकाको अग्रता दोब्बर पार्नुभयो । उहाँले जोआओ मारियोको पासमा गोल गर्न सफल हुनुभएको थियो । ५७औँ मिनेटमा रामोसले टोलीका लागि तेस्रो गोल गर्नुभयो । ७१औँ मिनेटमा जोआओ मारियाले पेनाल्टीमा, ७७औँ मिनेटमा डेभिड नेरेशले जोआओ नेभेसको पासमा गोल गरेपछि बेन्फिका खेलमा ५-० ले अघि रहृयो । ८७औँ मिनेटमा विजोर्न मेइजेरले टाजोन बुचानानको पासमा गोल गर्दै खेललाई ५-१ को स्थितिमा ल्याउनुभएको थियो ।

यस्तै, इंग्लिस क्लब चेल्सीले जर्मन क्लब बोरुसिया डर्टमुण्डमाथि दोस्रो लिगमा २-० को तथा समग्रमा २-१ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनायो । चेल्सीको जितमा रहिम स्टर्लिङ र काई हाभर्टजले गोल गर्नुभयो ।

खेलको ४३औँ मिनेटमा रहिमले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा १–० को अग्रता दिलाउनुभयो । ५०औँ मिनेटमा काई हाभर्टजले पेनाल्टीमा गोल गर्न सक्नुभएन । ५३औँ मिनेटमा रि पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पार्नुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?