यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ८४ पैसा र बिक्री दर १३२ रूपैयाँ ४४ पैसामा तथा युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ७५ पैसा र बिक्री दर १४४ रूपैयाँ ४१ पैसामा कारोबार हुनेछ । हिजो अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ३२ पैसा र बिक्री दर १३१ रूपैयाँ ९२ पैसा तथा युरो एकको खरिद दर १४४ रूपैयाँ २४ पैसा र बिक्री दर १४४ रूपैयाँ ९० पैसामा कारोबार भएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ५६ पैसा र बिक्री दर १६९ रूपैयाँ ३२ पैसामा कारोबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८६.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.३१ रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ११ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५६ पैसामा खरिदबिक्री हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसामा कारोबार गर्न अनुमति दिएको राष्ट्र बैंकले दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ १८ पैसा र बिक्रीदर १० रूपैयाँ २३ पैसामा कारोबार गरिनेछ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसामा खरिदबिक्री गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.१४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३० रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २९.२ रुपैयाँ रहेको छ भने बिक्री दर २९.१५ रुपैयाँ र कुवेती दिनार १ को खरिदमूल्य ४२८.५२ पैसा विक्रीदर ४३०.४८ पैसामा कारोबार गर्ने अनुमति प्रदान गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?