अमेरिकाले पाकिस्तानमा सैन्य अखडा स्थापना गर्न चाहन्थ्योः इमरान खान

Read Time = 2 mins

इस्लामावाद । अविश्वासको प्रस्तावमार्फत हटाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफू सत्तामा रहँदा देशमा सैन्य आधार स्थापना गर्ने अमेरिकी मागसँग कहिल्यै सहमत नभएको दोहोर्याउनुभएको छ ।

पूर्वक्रिकेटरसमेत रहनुभएका खान गत महिना संसद्मा अविश्वासको प्रस्तावमार्फत् पदमुक्त हुनुभएको थियो । आफूलाई सत्ताच्युत गर्न अमेरिकाले षड्यन्त्र गरेको आरोप उहाँले लगाउँदै आउनुभएको छ ।

अविश्वासको प्रस्तावबाट हट्ने उहाँ पाकिस्तानका पहिलो प्रधानमन्त्री हुनुहुन्छ । एक भिडियो सन्देशमा विदेशमा रहेका पाकिस्तानीहरूलाई सम्बोधन गर्दै खानले, अमेरिकाले ‘अफगानिस्तानमा सम्भावित आतंकवादविरुद्ध प्रत्याक्रमण गर्न’ पाकिस्तानमा आधारहरू चाहेका र आफ्ना लागि सो प्रस्ताव बिल्कुल अस्वीकार्य भएको बताउनुभयो ।

पाकिस्तानले अमेरिकी नेतृत्वमा भएको ‘आतंकवादविरुद्धको युद्ध’मा ८० हजारले ज्यान गुमाएको र अझै पनि बलिदानको कदर नगरिएको भन्दै उहाँले त्यसको दोष अमेरिकी राजनीतिज्ञहरूलाई लगाउनुभएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?