काठमाडौं । विश्व दृष्टि विशेषज्ञ दिवसको अवसरमा बूढानीलकण्ठ युथ सर्कलले आयोजना गरेको निःशुल्क आँखा शिविरमा तिलगंगा आँखा अस्पतालको डाक्टर तथा प्रविधिकसहितको सहकार्यमा कार्यक्रम आयोजना भएको हो । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर–३ स्थित बूढानीलकण्ठ मन्दिर परिसरमा रणबहादुर तामाङको संयोजकत्वमा उक्त निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
सो कार्यक्रममा तीन सय जनाभन्दा बढीले निःशुल्क स्वास्थ्य सेवा लिनुभएको बूढानीलकण्ठ युथ सर्कलका सदस्य तथा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर–४ का वडा सदस्य कृष्ण खत्रीले जानकारी दिनुभएको छ । उहाँका अनुसार १५ जनामा मोतीया बिन्दु देखिएले निः शुल्क तिल गंगा अस्पतामा अप्रेशन हुने उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाका विभिन्न वडाबाट जेष्ठ नागरिक तथा मन्दिर दर्शनार्थीहरुले पनि लाभ लिनुभएको थियो । शिविर शनिबार बिहान ९ बजेदेखि ३ बजेसम्म सञ्चालन भएको थियो । आँखा परीक्षणसँगै विभिन्न औषधिहरुको समेत निःशुल्क व्यवस्था गरिएको आयोजकले जनाएको छ । उक्त शिविर काठमाडौ जिल्ला समन्वय समिति उपप्रमुख शान्ति पाण्डेको पहलमा आयोजना गरिएको हो । उक्त शिविरलाई सफल बनाउँन अनिता ढकाल (पौडेल) र ममता मल्लको विशेष योगदान रहेको युथ सर्कल सदस्य रजनी श्रेष्ठले जनाकारी दिनुभएको छ ।
शिविरमा उपस्थिति भई स्वास्थ्य लाभा लिनुभई आयोजकालाई हौसला प्रदान गर्नु भएकोमा बूढानीलकण्ठ नेपाली कांग्रेसका नगर सचिवसमेत रहनुभएका विजेन्द्र श्रेष्ठले सहयोग गर्नुहुने तिलगंगा अस्पतालका डाक्टरहरू, प्रविधिकहरु तथा सम्पूर्ण उपस्थित सहयोगीहरुलाई बूढानीलकण्ठ युथ सर्कलकोतर्फबाट एक विज्ञप्ति जारी गर्दै धन्यवाद व्यक्त गर्नु भएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा पनि अन्य कार्यक्रम गर्दै जाने आजको सहभागिताले हौसला प्रदान गरेको छ ।’
बूढानीलकण्ठमा विविध सामाजिक कार्यमा सक्रिय रहँदै आएको बूढानीलकण्ठ युथ सर्कलले गतहप्ता मेरुदण्ड भाँचिएर एक वर्षदेखि उपचार गरिरहनु भएकी करिना तामाङलाई आर्थिक सहयोग पनि गरेको थियो । बूढानीलकण्ठ नगरपालिका वडा–३ निवासी १७ वर्षीया तामाङको एक वर्षदेखि करूणा अस्पतालमा उपचार गराइरहनु भएको छ । जंगलमा स्याउला टिप्न जाँदा रूखबाट खसेर उहाँको मेरुदण्ड भाँचिएको थियो ।
युथ सर्कलले आर्थिक सहयोग गरेकोमा खुशी व्यक्त गर्दै करिनाले भन्नु भयो, ‘सबैले भन्नुहुन्यो कस्तो दुःख पाएको यो उमेरमै भनेर जानु हुन्थ्यो । घरको आर्थिक अवस्थाका बारेका केही सोधीखोजी हुँदैन थियो, आज बूढानीलकण्ठ युथ सर्कलले आर्थिक सहयोग गरेकोमा खुशी छु, धन्यवाद दिन्छु ।’ करिनाको उपचारका लागि आर्थिक अभाव भएको जानकारी बूढानीलकण्ठ युथ सर्कलले थाहापाए पछि आर्थिक सहयो गरेको थियो । उक्त सहयोगको सामाजिक सञ्जालबाट थाहा पाएपछि अन्य संघसंस्था तथा व्यक्तिले पनि आर्थिक सहयोग गर्नेको संख्या दिन प्रतिदिन बड्दै करिना बताउँनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच