अमेरिकामा चार हप्तामा एक लाखभन्दा बढी बालबालिकालाई कोभिड संक्रमण

Read Time = 2 mins

लस एञ्जलस । अमेरिकामा गएको चार हप्ता यतामात्र एक लाखभन्दा पनि बढी बालबालिकालाई कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूका अनुसार यहाँ पछिल्लो चार हप्तायता मात्र एक लाख छ हजार जना बालबालिका कोभिडको संक्रमणमा परेका हुन् ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र चिल्ड्रेन्स हस्पिटल एसोसिएसनले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ । यहाँ कोभिडको सङ्क्रमण सुरु भएपछि एक करोड ५५ लाख बालबालिकालाई कोभिडको सङ्क्रमण भइसकेको पनि उक्त विज्ञप्तिमा जनाइएको छ ।

पछिल्लो हप्तामात्र (मार्च २ सम्म) यहाँका १९ हजार बालबालिकालाई कोभिड सङ्क्रमण भएको थियो । यस अघिका हप्ताहरूमा कम्तीमा पनि २५ हजार बालबालिका कोभिडको सङ्क्रमणमा परेका बताइएको छ ।

अमेरिकामा पछिल्लो समय कोभिडको संक्रक्रमण दर घटेको बताइएको भए पनि बालबालिकामा भने संक्रमण भई नै रहेको बताइएको छ । त्यसैले यहाँका चिकित्सकहरूले कोभिडबाट संक्रमित भएकाहरूको उमेर अनुसारको तथ्यांक लिनुपर्ने आवश्यकता रहेको बताएका छन् । रासस/सिन्ह्वा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?