राष्ट्रपति भोलोदमिर र महासचिवबीच खाद्यान्न निर्यातबारे छलफल

Read Time = 2 mins

संयुक्त राष्ट्रसंघ । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेस र युक्रेनका राष्ट्रपति भोलोदमिर जेलिन्स्किीका बीचमा बुधबार युक्रेनको किभमा भएको भेटवार्ताका क्रममा ‘ब्ल्याक सी’ हुँदै गरी आएको निकासीलाई थप विस्तार गर्नुपर्नेमा सहमति भएको छ । उहाँहरूका बीचमा किभमा भेटवार्ता भएको र त्यस क्रममा युक्रेन र रुसका बीचमा जारी रहेको युद्धका कारण खाद्यान्न तथा आवश्यक मलखादको निकासीको कामलाई रोक्न नहुने र यसले विश्वमा नै खाद्यान्न उत्पादनका क्षेत्रमा असर गर्ने बताइएको छ ।

यसअघि पनि ‘ब्ल्याक सी’ हुँदै खाद्यान्न तथा मलखादको निकासी पैठारीका लागि सम्झौता भएको र त्यसको म्याद सकिएको भन्दै अब आगामी दिनमा पनि त्यसलाई थप विस्तार गर्नुपर्ने बताइएको थियो । राष्ट्रसंघीय महासचिव गुटरेसले सो भेटपछिको कुराकानीमा सो कुरा बताउनुभएको हो ।

सो भेटवार्ताका क्रममा युक्रेन र रुसका बीचमा सन् २०२२ को जुलाईमा भएको मल तथा खाद्यान्नको निकासीको सम्झौताका विषयमा कुराकानी भएको र सो सम्झौताको म्याद थपेर ‘ब्ल्याक सी’ हुँदै गरिने पारवहनको काममा निरन्तरता दिने सहमति भएको बताइएको छ ।
गत वर्षदेखि युक्रेनमा रुसले गरेको आक्रमणका कारण कतिपय आपूर्तिका विषयमा विवाद उत्पन्न भएको छ । खाद्यान्न तथा अन्य आवश्यक कृषि सामग्रीको आपूर्ति हुन नसक्दा विश्व बजारमा नै यसको प्रभाव परिरहेको छ । यसै विषयमा छफफलका लागि महासचिव गुटरेस बुधबार किभ पुग्नुभएको थियो । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?