प्रदीप गिरी बिपी पछिकै ठूलो समाजवादी चिन्तक : सभापति देउवा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरी बिपी कोईरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा स्व. गिरीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजवादी चिन्तकको रुपमा बिपी कोईरालापछि कसैको नाम लिने हो भने प्रदीप गिरीकै नाम आउने बताउनु भयो । सभापति देउवाले स्व. गिरीका बाँकी कृति र लेखहरु भए प्रकाशित गर्न पार्टीले सहयोग गर्ने बताउनु भयो । उहाँले स्व. गिरीका लेखबाट सिंगो पार्टी नै लाभान्वित हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समाजवादी चिन्तकको रुपमा बिपी कोईरालापछि कसैको नाम लिने हो भने प्रदीपजीकै नाम लिनुपर्ने हुन्छ । उहाँ धेरै ठूलो विद्वान हो, बिपी पछिको ठूलो समाजवादी चिन्तक हो । उहाँका कृतिहरु छन् भने प्रकाशन गर्नुपर्छ, पार्टीले पनि सहयोग गर्नेछ । उहाँ कहिल्यै नथाक्ने व्यक्तिको रुपमा लिएको छु । उहाँका लेख, कृतिहरु पार्टीले प्रकाशित गर्नुपर्छ । त्यसबाट हाम्रो सिंगो पार्टी लाभान्वित हुनेछ ।’

सभापति देउवाले स्व.प्रदीप गिरीप्रति पार्टीमा धेरै लगाव र सम्मान रहेको कुरा कार्यक्रममा उपस्थित समुदायबाट स्पष्ट भएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?