‘यौटा सपनाको अवसान’ मञ्चन हुँदै

Read Time = 2 mins

काठमाडौं । नाटक ‘यौटा सपनाको अवसान’ मञ्चन हुने भएको छ । चैत १० गतेदेखि सुरु भएर एक महिनासम्म चल्ने नाटकलाई एक्टर्स स्टुडियो र मण्डला थिएटरसँगको सहकार्यमा गोविन प्रडक्सनका लागि गोविन्द पराजुलीले निर्माण गर्नुभएको हो । अनुप बरालको निर्देशन रहेको यो नाटकको पोष्टर सार्वजनिक गरिएको छ ।

सार्वजनिक पोष्टरले टाउको निहु¥याएको चरित्रको हतास मनस्थितिलाई संकेत गरेको छ । निर्देशक बरालले पोष्टर शेयर गर्दै नाटकले खुशी र सुखको परिभाषालाई बहसमा ल्याउन चाहेको जारी प्रेस नोटमा उल्लेख छ । ‘यौटा सपनाको अवसान’ अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’को नेपाली अनुवाद हो । आर्थर मिलर लिखित नाटकलाई विप्लव प्रतीकले नेपालीमा अनुवाद गर्नुभएको हो ।

नाटक विधातर्फ पुलित्जर पुरस्कार र टोनी अवार्ड जित्न सफल यो नाटकलाई २०औं शताब्दीको उत्कृष्ट नाटकमध्ये एक मानिन्छ । अमेरिकामा सात सयभन्दा धेरैपटक मञ्चन भएको नाटक विश्वका धेरै देशमा मञ्चन भएको नाटक हो । नाटकमा शेखर चापागाईं, दिव्यदेव, दीया मास्के, मेनुका प्रधान, विजय बराल, विकास जोशी, रोयदीभ श्रेष्ठलगायत कलाकारको अभिनय रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?