माओवादी अध्यक्ष प्रचण्डविरुद्धको रिटको पेसी आज

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटको पेसी आज (शुक्रबार) को लागि तोकेको छ । बिहीबार उक्त पेसी ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । अदालतले द्वन्द्वपीडितले दायर गरेको उक्त रिटको सुनुवाइका लागि (आज)को पेसी ताकेको हो । बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा उक्त रिटको पेसी तोकिएको थियो । तर, श्रेष्ठको एकल इजलास नबस्दा सुनुवाइ नै नभएको बताइएको छ । न्यायाधीश श्रेष्ठ र अनिलकुमार सिन्हाको संयुक्त इजलास थियो ।

प्रचण्डविरुद्ध सोमबार रामेछापका कल्याण बुढाथोकी, सुवास गिरीलगायत आठजना र रामेछापकै ज्ञानेन्द्रराज आरणसहित १४ जनाले रिट दायर गरेका थिए । ०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक कार्यक्रममा द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजार व्यक्तिको हत्याको जिम्मा आफूले लिने अभिव्यक्ति दिनुभएको थियो । त्यो अभिव्यक्तिसँगै उहाँ विवादमा मुछिनुभएको थियो । यही मंगलबार प्रचण्डविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको थियो । उहाँलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने आवाजहरू समेत उठेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?