भोजपुरमा संचालित आँखा शिविरमा चार सय बढीको उपचार, एक सय बढीको शल्यक्रिया

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । भोजपुर नगरपालिका वडा नम्वर १२, टक्सारको पुरानो डवलीमा शुक्रवारसम्म संचालन भएको तीन दिने निशुल्क आँखा शिविरमा चार सय बढी आँखाका रोगीको उपचार भएको छ भने एक सय बढीको शल्यक्रिया भएको छ ।

शिविरबाट सवै भन्दा बढी ज्येष्ठ नागरिकहरुलाई सुबिधा भएको छ । नेपाल नेत्रज्योती संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजना तथा सिबिएम संस्थाको सहयोगमा संचालित शिविरमा बिराटनगर आँखा अस्पताल रानीको बिशेषज्ञ स्वास्थ्यकर्मी डाक्टर आशिष कर्मचार्य लागायतको टोलीले प्राबिधिक सहयोग गरेको छ ।

शिविरमा ४ सय ३३ जनाले आँखाको उपचार पाउनु भयो भने ९५ जनाको मोतिबिन्दु र १५ जनाको सामान्य अप्रेसन भएको छ । नेपाल नेत्रज्योती संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरलेसुरु गरेको शिविरहरु प्रभावकारी बनेको नेपाल नेत्रज्योती संघ भोजपुरका कोषाध्यक्ष सम्झना प्रधानले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?