पुस्तक : राजेश्वर देवकोटा स्मृतिग्रन्थ

✍️ सुरेशराज भट्ट

फागुन २० गते शनिबारको अंकबाट क्रमशः
निर्भिक राजनीतिज्ञ थिए भन्ने कुरा जब दरबारले भ्रष्टाचार काण्डमा डिबी लामा र भरत गुरुङलाई गिरफ्तार ग¥यो तब भने ‘खोरमा धेरै खसीबोका पालिएको थियो दशैं आयो खोरबाट दुई÷चारवटा थुतेर काटियो दशैं मानियो यो कौन सा ठूलो कुरा भयो र’ त्यो बेला बलियो तस्करी दरबारीयाकै इसारामा चल्थ्यो दरबारीयाबाटै परिचालित मान्छेहरू समातिएका पनि थिए त्यसैले यसरी खरो रूपमा भन्न सक्नु सानो मुटुले सक्ने कुरै थिएन ।

त्यही भएर यिनलाई मुटु नभएको मान्छे पनि भन्थे । २०२३ को डिआइजी नारायण सिंह काण्डमा विरोधका प्रदर्शनकारी भए ठाउँ पुग्नु र आक्रमणको पर्वाह नगर्नु अनि तिनै प्रदर्शनकारीलाई निर्भिकतापूर्वक सम्बोधन गर्नु (जहाँ पंक्तिकार स्वयम उपस्थित छ) र २०४६ पछि गोरखामा सांघातिक हमलाको समेत पर्बाह नगरी जनता माझ जाने हिम्मत राख्नुजस्ता कुराले एउटा राजनीतिज्ञको हिम्मतको प्रदर्शन र आँट जनाउँछ । जुन राजेश्वरमा थियो । अहिले सरकारमा बस्ने लस्कर लिएर हिँड्छन् । कताको भगवान रामचन्द्र कताको गने भँडारी ।

हामीले जनस्तरबाट २०६८ सालमा पृथ्वी जयन्ती तथा एकता दिवस मनाउने क्रममा सिंहदरबार अगाडि पृथ्वीको सालिकमा माल्यार्पण र सम्बोधन मञ्च बनाई कार्यक्रम गर्दा राजेश्वरलाई सम्बोधन गर्न आउनुभन्दा म यहीबाट सुन्छु भन्नुभयो, मञ्चमा जानुभएन । श्रोता बनेर बस्नुभयो तर भूपूप्रधानमन्त्री कीर्तिनिधि विष्टले मञ्च माग्नुभयो । मैले अध्यक्ष मोदनाथ प्रश्रित र संयोजक डा.रमेश ढुंगेलसँग सल्लाह लिएर सम्बोधन गर्न दिएका थियौँ ।

नेपालको साहित्यिक फाँटका चम्किला र अविश्रान्त साहित्य साधक एवम् दार्शनिक शास्त्रीय लेखकका रूपमा किशोर बयदेखि छयासी वर्षमा मृत्युसम्म अनवरत साहित्य र दर्शनमा कलम चलाउने राजेश्वर देवकोटा जत्तिकै सर्जक पाउन दुर्लभ छ । यस्ता बहुआयामिक व्यक्तित्व एवम् राजनीतिज्ञप्रति कलम चलाउन पनि सजिलो छैन ।

कुरो के हो भने राजेश्वरमा यस्ता विषयमा आफ्नै मौलिकता आत्मसम्मानको पारा पनि थियो । उहाँ सस्तो लोकप्रियता लिने मामिलामा कहिल्यै लाग्नु भएन । अर्कोतिर आफूले चुनेको र ठम्याएको मार्गमा कत्ति पनि विचलित हुनु भएन । उहाँलाई प्रधानमन्त्री दिइएन । चाकडी नबजाए हजुर नभजाए दरबारले कसैलाई नजिक देख्दैनथ्यो ।

तैपनि गोरखालीले प्रधानमन्त्री बनाउन हलो जोत्ने छाता ओड्ने भनी भनी दिएको अत्यधिक मतदान, केन्द्रमा सूर्यबहादुर थापाले समेत समर्थन गरेर तयारी गर्दा दरखास्त हाल्न जाने बेलामा दरबारीयाको धम्कीबाट रोकिनु हुँदा उहाँलाई प्रधानमन्त्रीका लागि सहयोग गर्ने समूहमात्र होइन तमाम गोरखाली र निष्पक्ष नेपाली सबैको मन कुँडियो गोरखालाई वञ्चित गरिएकोबाट राजाको आडमा दरबारबाट चलेको शासन छर्लङ्ग भयो । मरिचमान श्रेष्ठ प्रधानमन्त्री बनाइए राजेश्वर दरखास्त दिन जानबाटै वञ्चित गरिए सायद यसैले होला सफल भनौँ कि असफल भनौँ भनेर दोधारका अभिव्यक्ति दिनु भएको ।

यहाँनेर घरबाटै नजानुको पछाडिका कारण भने न उहाँले न वीरेन्द्र पोखरेल न त सूर्यबहादुरले नै अहिलेसम्म कसैले पनि नखोलीकनै गए रहे । सुनियो हल्लाको मात्र तर यथार्थमा दरबारियाले खास के भनेर रोके भनिएन, खुलेन । कट्टर राष्ट्रवादी राजावादी हुँदाहुँदै पनि क्षमतावान् हुँदाहँुदै पनि प्रधानमन्त्री हुन नपाएका रोकिएका र नदिइएका पञ्चहरूमा केवल राजेश्वरमात्र हुन् भन्दा अतिसयोक्ति नहोला ।

यसै सिलसिलामा जुम आधुनिक प्रविधिबाट अन्तर्राष्ट्रिय अन्तक्र्रिया कार्यक्रमका सहभागी विशिष्ट व्यक्तिहरूले राजेश्वरको व्यक्तित्व बारे टिप्पणी गर्दा साहित्यमा राजेश्वर सरस्वती र राष्ट्रियतामा राजासँग समेत आफ्नो तर्क र विचार राख्न सक्ने दरो व्यक्तित्व भएकाले नेहरूको चिट्टीमा दरबार बैठक हुँदा पनि राजालाई त्यतिखेर रोक्न राय दिन सक्नुहुन्थ्यो होला भनेर प्रा.डा.पीताम्बर दाहाल र प्रा.मोहन सिटौलाबारे खेमराज पोखरेलले बताउनुभएको छ । त्यसैगरी प्रा.तथा विश्लेषक पुरुषोत्तम दाहाल भन्नुहुन्छ, ‘समकालीन राजनीतिक नेताहरूमा राजेश्वर कट्टर राष्ट्रवादी र साहित्यमा प्रखर व्यक्तित्व हुनुहुन्थ्यो ।’

राजेश्वर बारे पनि नकारात्मक टिप्पणी गर्नेको पनि कमी छैन । एक पटक उहाँसँग गोरखाका प्रतिनिधिहरूको भेटमा राष्ट्रिय पञ्चायत अध्यक्ष छँदा गोरखाको चौतर्फी उन्नतिमा हेर्नुपर्‍यो भन्दा मैले यतिखेर गोरखामात्र हेरेर हुँदैन मुलुकभरि मेची–महाकाली हेर्नुपर्छ भन्ने जवाफ दिनुभयो । अब भोट पनि मेचीमहाकालीले देवस् भनेर चौतर्फी विरोधका स्वर सुनियो र त्यसपछिको चुनावमा हराए पनि तर २०४२ सालको निर्वाचनमा आउँदा बुझेछन् अध्यक्ष साझा पद हो रापस गोरखाको अर्थात आफ्नो क्षेत्रको मात्र अनि भने ‘छाता ओड्ने हलो जोत्ने’ गरे पनि मत दिए पनि । कहिले काहिँ त्यस्तै कतिपय गलत बुझाइले र बोलाइले पनि धोका दिन्छ भन्ने सिद्ध भयो ।

समग्रमा भन्नुपर्दा पुस्तकभित्र दिग्गज विद्वानहरूबाट लेखिएका विभिन्न विधाका लेखहरू रहेका छन् । प्रकाशीय तीन बाहेकको ८९ जना लेखकमा केवल आठजनामात्र नारी लेखक छन् ? नेपालको साहित्यिक फाँटका चम्किला र अविश्रान्त साहित्य साधक एवम् दार्शनिक शास्त्रीय लेखकका रूपमा किशोर बयदेखि छयासी वर्षमा मृत्युसम्म अनवरत साहित्य र दर्शनमा कलम चलाउने राजेश्वर देवकोटा जत्तिकै सर्जक पाउन दुर्लभ छ । यस्ता बहुआयामिक व्यक्तित्व एवम् राजनीतिज्ञप्रति कलम चलाउनै पनि सजिलो छैन ।

यो राजेश्वर स्मृतिग्रन्थको सम्पादन संगठन हेर्दा नवीनतम् सम्पादन भन्न यो पंक्तिकार रुचाउँछ । जसरी ग्रन्थ तयार भयो तर त्यो ग्रन्थनायकको साहित्यिक ब्याड ‘हरि सांस्कृतिक केन्द्र’को गतिविधि पनि यसैमा पुछारतिर पाठकले पढ्न पाएको भए कति राम्रो हुन्थ्यो । तर पनि स्मृतिग्रन्थ ओजपूर्ण छ । राजेश्वरभित्रको राजेश्वर र बाहिरको राजेश्वर खोज्न र बुझ्न ग्रन्थ अवश्य सहायकसिद्ध हुनेछ भन्नेमा कुनै शंका छैन । त्यसैले पुनः एकपटक प्रधान सम्पादक केदारजीलगायतको सम्पादन टिम, प्रकाशक एवम् हरि सांस्कृतिक केन्द्रका प्रमुख संरक्षक ईं ईश्वरचन्द्र देवकोटाजीलगायत लेखक सबैलाई हार्दिक धन्यवाद दिनु नै पर्छ, दिन्छु ।

अन्तमा २०७२ साउन २५ गते महाप्रस्थान गर्नुभएका ग्रन्थनायक श्रद्धेय बहुआयामिक व्यक्तित्वका धनी राजेश्वर देवकोटाज्यूप्रति हार्दिक शब्द श्रद्धाञ्जलि अर्पण गर्दै कनीकुथी बुनेको शाब्दिक समीक्षाको कुशासन (चकटी) को बिट यहीँ मार्दछु । धन्यवाद ।
जय राष्ट्रवाद ! समाप्त ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?