सुनको मूल्यमा नयाँ रेकर्ड

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । लगातार बढीरहेको सुनको मुल्य आज (विहिबार) पनि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले वृद्धि भएको हो ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला ५ सयले वृद्धि भएको थियो । फागुन २२ गते पनि प्रतितोला २ हजारले बढेको थियो

आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ४७० रुपैयाँमा कारोबार भईहरेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा भईरहेको वृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?