उपराष्ट्रपतिको उम्मेदवार महिला नै हुनुपर्छ : कमल थापा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले महिलाको अधिकार नखोस्न आग्रह गर्नुभएको छ ।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत उहाँले यस्तो बताउनुभएको छ । उहाँले राष्ट्रपति पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति महिला हुनु पर्नेमा जोड दिनुभयो ।

उहाँले लेख्नुभएको छ, ‘संविधानको छिद्र खोजेर अहिले जे जस्तो व्याख्या गरिए पनि संविधान निर्माण गर्दा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको हुने सर्वसम्मत निर्णय, मान्यता र सोचाई हो । गलत परम्परा नबसालौँ । राष्ट्रपति पुरुष निर्वाचित भैसकेको अवस्थामा उपराष्ट्रपति महिला हुनुपर्छ। महिलाको अधिकार नखोसियोस् ।’

उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिने व्यक्ति वंशजका आधारमा नेपाली नागरिक भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, कुनै संघीय कानुनले अयोग्य नभएको तथा कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?