बिजुलीको पर्खाइमा साकफाराका नागरीक

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 6 mins

इलाम । गाउँमा बिजुली छैन । बालबालिकाले उज्यालोमा पढ्न नपाएको पिर । घरको कामले लखतरान । छोराछोरीको भविष्य उज्यालो बनाउने सपना देखेका इलामको साकफाराका बसिन्दाको बिजुली बत्ति बाल्ने चाहाना अझै पुरा हुन सकेको छैन ।

चुलाचुली गाउँपालिको पश्चिम उत्तरवर्ती विकट चुरे क्षेत्रको वडा नम्बर ६ को साकफारा गाउँ अझै रातमा उज्यालोको पर्खाइमा रहेको छ । स्थानीयकाअनुसार गाउँका केही घरमा सोलार बत्ती राखिएको छ त सिमित क्षेत्रमा लघुविद्युत संचालनमा ल्याइएको छ भने केही वस्तीका नागरीक अझै पनि टुकीको भरमा रात काँट्न बाध्य छन् ।

पालिकाको सो बडामा पर्ने मावा तोरीबारी, कर्केनीटार, सिके, सिस्नेटार,फुङनाम, कोलबोटे, आसेटार, साकफारा सुनारे, दसमी, कालापानीलगायतका गाउँमा केन्द्रिय प्रसारणको विद्युत बिस्तार हुन सकेको छैन । धेरैजसो चुरे क्षेत्रको कठिन भुगोलमा पर्ने ती गाउँको वर्षायाममा तीन महिना बजारसँग सम्बन्ध विच्छेद हुन्छ । अधिकांश राई, नेवार, तामाङ, मगर, लिम्बु समुदायको बसोबास रहेको विकट चुरे क्षेत्रमा अवस्थीत ती गाउँमा ३ हजार भन्दा बढी जनसंख्याको बसोबास छ ।

वडाध्यक्ष दिल कुमार राईले बडाको केही क्षेत्रमा लघुजलविद्युत , पेल्टीसेट र सोलार बाट बिजुली बाल्ने गरिएको भएपनि केन्द्रिय प्रसारणको लाइन पुर्ण रुपमा बिस्तार नभईसकेको बताउनुभयो । भुगोलका हिसाबमा समेत अन्य बडा भन्दा ठुलो र अफ्टयारो भएको समेत यस वडामा समस्या रहेको बताउनुभयो ।

उहाँले विद्युत नहुदाँ बालबालिकाले पड्न मात्र नभएर ,संचार र बिद्युतिय उपकरण समेत प्रयोग गर्न नपाई रहेको बताउनुहुन्छ । यस क्षेत्र बाट पटकपटक जितेर गएकाले पनि गाँउको बिकासमा खासै पहल नगरेको राईको भनाई छ । यो क्षेत्र इलामको संघिय निर्वाचन क्षेत्र नं दुईमा पर्दछ जहाँ बाट लामो समय देखि पुर्ब सभामुख एबम् एमाले नेता सुबासचन्द्र नेम्वाङले प्रतिनिधित्व गरिरहनुभएको छ ।

यता गाँउपालिका अध्यक्ष राजेन्द्र केरुङले पालिकाको अन्य बडाका विद्युत बिस्तारको काम भइसककेको भए पनि बडा नं ६ मा बाँकी रहेको र त्यो पनि आफु निर्वाचित भए पस्चात विद्युत बिस्तारको काम अघि बढाएको बताउनुभयो । केरुङले अबको दुई बर्ष भित्रमा उक्त क्षेत्रमा केन्द्रिय प्रसारणको लाईन बिस्तार भइसक्ने र त्यसका लागि काम अघि बढीसकेको बताउनुभयाे ।

झिलिमिली बनाउने सपना

चुलाचुली गाँउपालिका वडा नम्बर ६ फुङनामका दिपक श्रेष्ठले घरमा सोलार राखेको चार बर्ष बित्यो । उहाँहरु त्यो भन्दा अगाडी टुकी बत्तीकै भरमा रात बिताउन बाध्य हुनुहुन्थ्याे ।  ‘घरमा बिजुली जडान गर्ने, टिभि हेर्ने, घरआँगन झिलिमिली बनाउने सपना थियो, तर गाउँमा बिजुली नै छैन । श्रेष्ठले भन्नुभयो ‘पोल गाडेको गाँउमा त बर्षौसम्म बिजुली बलेको छैन रे, हाम्रो गाउँमा झन के बिजुली आउला र ?

उहाँले गाउँमा बिजुली नहुँदा बर्षौदेखि टुकिको भरमा जीवननिर्वाह गर्दै आएको भएपनि पछिल्लो समय सोलार जडान गरिएको बताउनुभयो । केही समय अघिबाट गाँउमा संचालनमा रहेको सानो क्षमताको लघुिवद्युत भए पनि त्यसको भर नरहेको उहाँले बताउनु भयो । हिउँदमा बत्ती बाल्नका लागि केही सहज भएपनि बर्खामा त्यसको कुनै भर नरहेको उहाँकाे भाई छ ।

उहाँले केन्द्रिय प्रसारणको बिजुली कहिले आउने हो त्यसको अत्तोपत्तो नरहेकाले घर उज्यालो बनाउने सपना अधुरै रहे पनि छोराछोरीको पढाइमा सहजताको लागि भएपनि सोलार जडान गरेको बताउनुभयाे ।  ‘ केन्द्रिय प्रसारणको बिजुली आउने छाँट छैन्, सोलार पनि पुरानो हुँदै गएकाले २/४ घण्टामा नै चार्ज सकिन्छ' उहाँले भन्नुभयाे । उहाँले साबिकको साकफारा गाबिस हालको चुलाचुली गाँउपालिका बडा नं. ६ का सयौ घर घुरी अझै अन्धकारमा बस्न बाध्य रहेको बताउनुभयो । ‘दिउँसो छोराछोरी स्कुल जान्छन । साँझ बत्ती नहुँदा गृहकार्य गर्न पनि मुस्किल हुन्छ, स्थानीय दुर्गा नेपालीको दुःखेसो सुनाउनुभयाे ।

हाम्रो पालामा त पढ्ने अवसर जुरेन, छोराछोरीलाई भने जसरी पनि पढाउन खोजेको छु । गाउँमा बिजुली भएको भए प्रविधिमा समेत पहुँच पुग्ने थियो र बाहिरी ज्ञान हासिल गर्न सकिने थियो होला उहाँले भन्नुभयो, तर यहाँ त दिउँसोको पढाइले मात्रै कति पुग्ने थियो र ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?