सुस्मितालाई टेबुल टेनिसमा स्वर्ण

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्राइम ग्लोबल कलेजकी सुस्मिता खड्काले १२औँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ महिला सिंगल्समा स्वर्ण पदक जित्नुभएको छ । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुस्मिताले त्रि–चन्द्रकी मञ्जु सुवाललाई ११-९, ९-११, ७-११, ११-७ र १३-११ को सेटमा पराजित गर्नुभयो । प्राइम ग्लोबलकी निकिता कस्ती र ख्वप कलेजकी अञ्जु सुवाल तेस्रो हुनुभयो ।

अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको कलेजतर्फ नै पुरुष टिम इभेन्टमा लिभरपुलले गोल्डेन गेटलाई ३-१ ले फाइनलमा हराउँदै पहिलो भयो । कोशी बहुमुखी क्याम्पस र धरान मेगा कलेज तेस्रो बने । सोही स्पर्धाको महिलामा प्राइम ग्लोबलले ख्वपलाई ३-० ले पाखा लगाउँदै शीर्षस्थान कब्जा गर्‍यो । अक्सब्रिज इन्टरनेसनल कलेज र हृवाइटफिल्ड तेस्रो बने ।

बहिरातर्फ पुरुष सिंगल्समा दिनेश महर्जनले प्रज्ज्वल बस्नेतलाई १०-१२, ३-११, ११-८, ११-९ र १२-१० ले पन्छ्याउदै पहिलो हुनुभयो । उक्त स्पर्धाको महिलामा शारदा भुषाल पहिलो हुनुभयो । शारदाले फाइनलमा सुलोचना खरेलमाथि ११-५, ११-३ र ११-२ को जित दर्ता गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?