एजेन्सी । मलेसियाका पूर्वप्रधानमन्त्री मुहिद्दीन यासिनलाई शुक्रबार शक्तिको दुरुपयोग र सम्पत्ति शुद्धीकरणलगायत ६ वटा मुद्दामा अभियोग लगाइएको छ । उनलाई विभिन्न चार अलग-अलग संस्थाबाट २३२.५ मिलियन रिगिंट (५१.४४ मिलियन अमेरिकी डलर) घुस मागेको आरोप लागेको छ । त्यसैगरी, सम्पत्ति शुद्धीकरण मुद्दामा मुहिद्दीनलाई कुल १९५ मिलियन रिगिंट घुस लिएको आरोप छ ।
मलेसियाको राष्ट्रिय समाचार एजेन्सी बर्नामाका अनुसार मुहिद्दीनले शक्तिको दुरुपयोग गरेको आरोपमा दोषी पाइएमा २० वर्षसम्मको जेल सजाय र सोही अनुसारको जरिवाना हुनसक्छ । त्यसैगरी मनी लान्ड्रिङको आरोपमा दोषी ठहरिए १५ वर्षसम्म कैद र ठूलै जरिवाना हुन सक्छ ।
मुहिद्दीनले सबै आरोपमा निर्दोष भएको बताएका छन् । उनलाई बिहीबार हिरासतमा राखी जमानतमा रिहा गरिएको थियो । सन् २०२० मार्च र अगस्ट २०२१ का बीच १७ महिना मलेसियाको प्रधानमन्त्री बनेका मुहिद्दीन पेरिकटन नेसनल पार्टीका अध्यक्ष हुन् ।







टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
‘बाः एक योद्धा’को ‘नभन्नू कोइसित’
‘आमा’बाट आरम्भ भयो ‘ओल्ड इज
‘जलाकी’ को पहिलो गीत ‘चाँदी
तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त
राशिफल २३ साउन, मेष :