मलेसियाका पूर्वप्रधानमन्त्री मुहिद्दीनमाथि शक्तिको दुरुपयोग र सम्पत्ति शुद्धीकरणको अभियोग

Read Time = 2 mins

एजेन्सी । मलेसियाका पूर्वप्रधानमन्त्री मुहिद्दीन यासिनलाई शुक्रबार शक्तिको दुरुपयोग र सम्पत्ति शुद्धीकरणलगायत ६ वटा मुद्दामा अभियोग लगाइएको छ । उनलाई विभिन्न चार अलग-अलग संस्थाबाट २३२.५ मिलियन रिगिंट (५१.४४ मिलियन अमेरिकी डलर) घुस मागेको आरोप लागेको छ । त्यसैगरी, सम्पत्ति शुद्धीकरण मुद्दामा मुहिद्दीनलाई कुल १९५ मिलियन रिगिंट घुस लिएको आरोप छ ।

मलेसियाको राष्ट्रिय समाचार एजेन्सी बर्नामाका अनुसार मुहिद्दीनले शक्तिको दुरुपयोग गरेको आरोपमा दोषी पाइएमा २० वर्षसम्मको जेल सजाय र सोही अनुसारको जरिवाना हुनसक्छ । त्यसैगरी मनी लान्ड्रिङको आरोपमा दोषी ठहरिए १५ वर्षसम्म कैद र ठूलै जरिवाना हुन सक्छ ।

मुहिद्दीनले सबै आरोपमा निर्दोष भएको बताएका छन् । उनलाई बिहीबार हिरासतमा राखी जमानतमा रिहा गरिएको थियो । सन् २०२० मार्च र अगस्ट २०२१ का बीच १७ महिना मलेसियाको प्रधानमन्त्री बनेका मुहिद्दीन पेरिकटन नेसनल पार्टीका अध्यक्ष हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?