काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा समाजवादी मोर्चा बन्ने बताउनुभएको छ । शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिष्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरु गरिने बताउनुभयो । ‘जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन,’ उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ । यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरुरी छ ।’
यस्तै, माओवादी धारका कम्युनिष्ट घटकहरूबीच छलफल भइरहेको र शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी विषय सत्यनिरूपण तथा मेलमिलापको माध्यमबाट टुंगो लगाउनुपर्छ भन्ने साझा मत रहेको पनि उहाँको भनाइ थियो । ‘आइतबार संयुक्त अपिल गर्दै छौँ, पत्रकार सम्मलेन गर्दछौँ । केही दिनमा समाजवादी मोर्चा बन्छ,’ उहाँले भन्नुभयो, ‘संसारमा एकपटक कम्युनिष्ट आन्दोलन पराजित भएपछि उठेर आएका विरलै दृष्टान्त छन् । चाहे पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बंगाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस्, क्रान्तिले धक्का खाएपछि उठ्न कठिन हुन्छ । नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौँ । बृहत्तर वामपन्थी एकतामार्फत चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्छ ।’
यस्तै, नेकपा एमालेभित्र पनि ठूलो पंक्ति वामपन्थीहरूको एकताको पक्षमा रहेको पनि उहाँले बताउनुभयो । ‘एमालेभित्र पनि ठूलो पंक्ति वामपन्थीहरूको एकताको पक्षमा छ । हिजोको नेकपा फेरि पुनःस्थापित गर्नुपर्छ भन्ने मत पनि त्यहाँ छ । त्यो मत क्रान्तिको हितमा छ, कम्युनिष्ट आन्दोलनको हितमा छ । त्यसैले हामीले नै एकताको अग्रसरता लिनुपर्छ,’ उहाँले भन्नुभयोे, ‘एमालेको मूल नेतृत्व कम्युनिष्ट एकताको विरुद्धमा छ, नेकपा विभाजित हुँदा हिजो जसले दीपावली गर्यो । पार्टी एकता भाँड्यो, त्यो शक्ति र प्रवृत्तिबाहेक एमालेभित्र पनि अधिकांश नेता–कार्यकर्ता फेरि नेकपा चाहिन्छ भन्नेमा छन् ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच