उपराष्ट्रपतिमा दिएको उम्मेदवारी फिर्ता लिने प्रमिला यादवको घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिनुभएकी प्रमिलाकुमारी यादवले  जसपाकै रामसहाय प्रसाद यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गर्नुभएको छ ।

आइतबार नै निर्धारित समयमा उम्मेदवारी फिर्ता गराउने जसपाको तयारी भएपनि प्रमिलाले फिर्ता लिनुभएको थिएन । उम्मेदवारको अन्तिम नामावलीमा निर्वाचन अधिकृतको कार्यालयले चारैजनाको नाम प्रकाशन गरिसकेको छ ।

प्रमिलाले मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता, समावेशीता, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवाद प्रति निष्ठापूर्वक संधै समर्पित रहने सालीन स्वभावका, सादा जीवन, निष्कलंक एवम् स्वच्छ छवी र उच्च विचार भएका एक बौद्धिक एवम् परिपक्व नेता यादव नै उपराष्ट्रपति योग्य र सक्षम उम्मेदवार भएको उल्लेख गर्नुभएको छ ।

उहाँले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘प्राविधिक रूपमा मेरो नाम उम्मेदवारको सूचीमा रहन गएको भएता पनि प्रतिवद्धताका साथ म वहाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?