संसदीय भुमिकामा महिलाहरुको मूल्यांकन भएन : सञ्चारमन्त्री शर्मा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदमा महिलाहरुको भुमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको गुनासो गर्नुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसदमा महिलाहरुले निभाएको भुमिकाको चर्चा हुन नसकेको बताउनुभएको हो । उहाँले अवसर पाएका महिलाहरुलाई असफल हुने छुट नभएको बताउनु भयो । उहाँले संसदमा कानून निर्माण गर्दा महिलाहरुले नै सबैभन्दा बढी संशोधन गर्ने भएपनि त्यसको मूल्यांकन हुन नसकेको बताउनु भयो ।

मन्त्री शर्माले संसदमा कोरम पु¥याउने सवालमा पनि महिलाहरुको उपस्थिति महत्वपूर्ण रहेपनि त्यसको बाहिरी पक्षमा मूल्यांकन गर्न नसकेको बताउनु भयो । उहाँले संसदको बैठक आयोजना र व्यवस्थापन गर्नेकुरामा पनि महिलाहरुको बढी सहभागिता रहेकाले सञ्चारमाध्यमहरुले महिलाको मूल्यांकन गरी खोजमुलक पत्रकारिता गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नीति निर्माण गर्ने ठाउँमा हामी पुगेका छौँ । कति सफल भएका हौँला, कति असफल भएका हौँला । अवसर पाएका पुरुषहरु सबै सफल हुँदैनन्, अवसर पाएका महिलाहरु पनि सबै सफल हुँदैनन् । तर समस्या के छ भने महिला सफल नहुँदा त्यो कम्युनिटी असफल हुन्छ, पुरुष असफल हुँदा व्यक्ति मात्रै हुन्छ । यहाँनेर समस्या छ । जतिसुकै कष्ट गरेर भएपनि हामी अवसर पाएका महिलाहरु उत्तिर्ण हुनैपर्छ । हामीले देखेका छाैँ, संसदभित्र हे¥यौं भने हामी कानून बनाउँदै गर्दा सबैभन्दा धेरै कानून बनाउँदा संशोधन महिलाले नै हाल्छन्, संसदमा कोरम पु¥याउन सबैभन्दा ठूलो संख्या महिलाको नै हुन्छ । तरपनि बाहिर आउँदा मूल्यांकन हुँदैन, चर्चासम्म पनि हुँदैन । राजनीतिक तहमा आउँदा । संसदमा हेरेर सबैभन्दा बढी कानून बनाउने कुरामा महिला सक्रिय छन् की पुरुष यसको पनि मूल्यांकन हुनुपर्छ । संसदको बैठक आयोजना र व्यवस्थापन गर्नेकुरामा पनि कसको बढी सहभागिता छ, यसकुरा चर्चाको विषय बन्नुपर्छ ।’

मन्त्री शर्माले पुरुष असफल हुन भनेको एउटा व्यक्ति मात्रै असफल हुनु रहेको तर महिलाहरु असफल हुँदा समाज नै असफल हुने बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?