विनेश र संयोग फाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल प्रहरीका विनेश खनियाँ र संयोग कपाली १२औँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिताको खुलातर्फ पुरुष सिंगल्समा फाइनलमा प्रवेश गर्नुभएको छ । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा विनेशले गल्कोपाखाका चन्दन शाहीलाई ५-११, १४-१२, ११-७, ११-३ र ११-५ तथा संयोगले एभिएम टेबल टेनिस क्लबका रुविन महर्जनलाई ११-५, ५-११, ११-७, ११-४ र ११-४ को सेटमा पराजित गर्नुभयो ।

अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ र रविना महर्जन उपाधिका लागि भिड्नुहुनेछ । प्रहरीकी नविताले आफ्नै क्लबकी यशस्वी अवाललाई ११-५, ११-७, ११-३ र ११-३ तथा सौभाग्य ज्वेलर्सकी रविनाले प्रहरीकी मञ्जु सुवाललाई ११-९, ११-७, ५-११, ११-७ र ११-७ को सेटमा हराउनुभयो ।

भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा गल्कोपाखाका चन्दन पहिलो हुनुभयो । उहाँले फाइनलमा गोड स्पिन टेबल टेनिस क्लबका मुकेश महर्जनलाई ११-६, ११-७ र ११-९ को सोझो सेटमा पराजित गर्नुभयो । गोड स्पिनका राजिप महर्जन र खोल्चापुकुका सुशिल बज्राचार्य तेस्रो हुनुभयो । हिृवलचेयरको पुरुष सिंगल्समा अर्पण चुनाराले फाइनलमा वरुण मगरलाई सिधा सेटमा ११-८, ११-३ र ११-५ ले पाखा लगाउँदै पहिलो हुनुभयो । उक्त स्पर्धाको महिलामा लाली तामाङले शीर्षस्थान हात पार्नुभयो । लालीले पेमा छोक्पालाई ११-५, ११-८ र ११-८ को सोझो सेटमा पन्छाउनुभयो ।

स्टेन्डिङको पुरुष सिंगल्समा विवेक राईले शिव थापालाई ११-२, ११-४ र ११-५ ले पराजित गर्दै पहिलो हुनुभयो । सोही स्पर्धाको महिलामा पूजा सोतीले फाइनलमा अनु थापालाई ११-७, ११-५ र ११-९ ले हराउँदै पहिलो स्थानमा रहनुभयो । पुरुष खुला टिम इभेन्टमा प्रहरीले फाइनलमा एभिएमलाई ३-० ले पाखा लगाउँदै पहिलो बन्यो । कान्तिपुर भ्याली पिङपोङ क्लब र एपिएफ क्लब तेस्रो बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?