प्रयोगशाला सम्बन्धी प्रदेश स्तरीय बार्षिक समीक्षा गोष्ठी सम्पन्न

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । प्रयोगशाला सम्बन्धी प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठी बुटबलमा सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको आयोजनामा दुईदिने वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको हो।
लुम्बिनी प्रदेशका १२ वटै स्वास्थ्य कार्यालयहरू,संघिय अस्पताल, प्रादेशिक अस्पताल, जिल्ला अस्पतालमा कार्यरत प्रयोगशालाकर्मीहरु र अन्य सरोकारवालाहरु निकायको सहभागीता रहेको थियो।

समीक्षा कार्यक्रममा बिगत आर्थिक बर्षमा स्वास्थ्य कार्यालयहरुले ल्याबहरुले प्रदान गरेको सेवाको समीक्षा गरिएको थियो। भने अस्पतालहरुले अस्पतालबाट दिएको सेवाको बारेमा समीक्षा गरिएको छ । साथै उक्त कार्यक्रममा चालु आर्थिक बर्षमा सम्पादन गरिने कामको योजना तर्जुमा समेत गरिएको छ ।
समिक्षामा प्रयोगशालाहरुले दिने सेवाको गुणस्तर उच्च बनाइराख्न सबैले आफनो ठाँउबाट लाग्नु पर्ने बताईएको छ। समिक्षाका स्वास्थ्यकर्मिहरुले आफुहरुले सेवा दिनको लागी तालिम उपकरण भौतिक पुर्वधारलगाएका काम हुनुपर्ने बताए। उनीहरुले गुष्णस्तरी सेवादिने भनेमात्र नभई स्वास्थ्य संस्थाको अबस्था स्वास्थ्यकर्मीलाई भत्ता तालिम लगायका सेवा सुबिधा पनि हुनुपर्ने बताएका छन्।

समिक्षा समापन कार्यक्रममा स्वास्थ्य कार्यलय रुकुमका निम प्रसाद गिरीले बोल्दै समिक्षाबाट धेरै कुरा सिकेको भएपनि तालिम नयाँ नयाँ उपकरण जनशक्ती अभाबको कारण गुणस्तरी सेवा दिन समस्या भएको बताउनु भयो। अहिले सेवा दिएको तर भौतिक पुर्वाधार उपकरण तालिम प्राप्त स्वास्थ्यकर्मी अहिलेको मुख्य समस्या भएको बताउनु भयो।

सेभद चिल्डेनका कार्यक्रम ब्यबस्थापक मिमबहादुर सिंहले तथ्यांकमा रहेर कामगर्न स्वास्थ्यकर्मिलाई आग्रह गर्नु भयो।काम गरेपछि कति भयो कस्तो भयो डाटामा देखिने तथ्याकराख्नु पर्ने बताउनु भयो।

समिक्षा समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री बिष्णु पन्थीले ल्याबको गुणस्तर अभिवृद्धि गर्ने तर्फ सरकार लागिरहेको बताउनुभयो । उहाँले गुणस्तरीय ल्याबको लागि आवश्यक जनशक्ति, तालिम, प्रविधीमा लगानी गर्दैै जाने बताउनुभयो । ७ वटै प्रदेशमा लुम्बिनी प्रदेशले उत्कृष्ट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्यका साथ काम गरिरहेकाले मातहतका सबै स्वास्थ्य निकायले प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक रोशनलाल चौधरीले उपकरण अभाब स्वास्थ्यकर्मिलाई तालिम हेजाड भत्तालाई पहल गर्ने बताउनु भयो । उहाँले च्याउ उम्रेझै उमेका ल्यावलाई नियन्तण गर्नुपर्ने बताउनु भयो । उहाँले एक पालिकामा एक गुणस्तरीय ल्यावमात्र संञ्चालन हुनुपर्ने बताउनु भयो।

समिक्षा कार्यक्रमको संञ्चालन प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाटेक्नीसियन निरिक्षक ल्याव सुमन सापकोटाले गर्नु भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?