उत्कृष्ट निर्माण व्यवसायीलाई एफक्यान अवार्ड

Read Time = 5 mins

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले एफक्यान ग्लोरी अवार्ड अग्रज निर्माण व्यवसायी जीपछिरिङ लामा शेर्पालाई प्रदान गरेको छ । ११औँ एफक्यान एक्सिलेन्स अवार्ड २०७९ आयोजना गर्दै महासंघले निर्माण उद्योगमा विशिष्ट योगदान पुर्‍याउने महासंघका पूर्वअध्यक्ष तथा मानार्थ सदस्य शेर्पालाई उक्त अवार्डबाट सम्मान प्रदान गरेको हो ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले शेर्पालाई अवार्ड प्रदान गर्नुभएको हो । कालिका कन्स्ट्रक्सनले पनि दुर्ई महत्वपूर्ण विधामा अवार्ड जितेको छ । विदेशमा उत्कृष्ट काम गरेको र स्वदेशमा ए क्लासको कम्पनीको हैसियतले समयमै उत्कृष्ट काम गरेको गरी दुर्ई विधामा अवार्ड हात पारेको हो । कालिका कन्स्ट्रक्सनतर्फबाट कार्यकारी निर्देशक तथा महासंघका सल्लाहकार निकोलस पाण्डेले अवार्ड ग्रहण गर्नुभएको थियो । बी क्लासतर्फ समयमै उत्कृष्ट काम गरेबापत जय विष्णु निर्माण सेवाले सिल्भर अवार्ड प्राप्त गरेको छ । ए क्लासतर्फ उत्कृष्ट काम गरेको विधातर्फ भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्रालि भक्तपुरले गोल्ड, समानान्तर निर्माण सेवाले सिल्भर र कन्काई इन्टरनेसनल बिल्डर्स् प्रालिले ब्रोन्ज अवार्ड प्राप्त गरेको छ । बी क्लासतर्फ सोही विधामा सगुन कन्स्ट्रक्सन एण्ड इञ्जिनियरिङ प्रालिले गोल्ड अवार्ड र एसएल कन्स्ट्रक्सन प्रालिले सिल्भर अवार्ड प्राप्त गरेको छ । सी क्लासतर्फ सोही विधामा नेसनल कन्स्ट्रक्सन प्रालि कञ्चनपुरले गोल्ड र शिवालय बिल्डर्स प्रालि काभ्रेले सिल्भर अवार्ड प्राप्त गरेको छ भने कोशी प्रदेशबाट क्लास डीतर्फ झापाको उद्देश्य निर्माण सेवाले उत्कृष्ट अवार्ड प्राप्त गरेको छ । क्लास डीमा वागमती प्रदेशबाट तेज कन्स्ट्रक्सन र गण्डकी प्रदेशबाट जिएस इञ्जिनियरिङले अवार्ड जितेका छन् ।

कर्णाली प्रदेशबाट उत्तम निर्माण सेवा सुर्खेत, उत्कृष्ट जिल्ला निर्माण व्यवसायी संघमध्येमा तराईबाट कैलाली, पहाड र हिमालबाट क्रमशः कास्की र सिन्धुपाल्चोकले अवार्ड जितेका छन् । उत्कृष्ट प्रदेश निर्माण व्यवसायी महासंघको अवार्ड वागमती प्रदेश महासंघ र उत्कृष्ट महिला निर्माण व्यवसायीमा एसएल कन्स्ट्रक्सनकी गीता शाहीले अवार्ड जित्नुभएको छ । उत्कृष्ट सर्भिस प्रमोसन कन्सल्टिङ कम्पनी अवार्ड आर्किटेक्ट कोल्याबोरेट नेपाल प्रालि र कन्स्ट्रक्सन सेक्टर एक्सिलेन्स इञ्जिनियर अवार्ड इञ्जिनियर नरेन्द्रकुमार देवले प्राप्त गर्नुभएको छ ।

त्यस्तै, मस्ट सपोर्टिभ स्पोन्सर अवार्ड एमएडब्लु् अर्थ मुभर्स प्रालि (जेसिबी) लाई प्रदान गरिएको छ । निर्माण व्यवसायीका सन्ततिमध्ये इञ्जिनियरिङ विषय अध्ययन पूरा गरेका प्रगति शाह (जय लक्ष्मी कन्स्ट्रक्सन बाजुरा), जेनिशा महर्जन (केबी डेभलपर एण्ड कन्स्ट्रक्सन प्रालि काठमाडौं), रविकान्त शाह (जय अम्बे कन्स्ट्रक्सन पर्सा) र आसुतोष दास (न्यु आसुतोष कन्स्ट्रक्सन सप्तरीलाई अवार्ड प्रदान गरिएको छ ।

सो अवसरमा महासंघ अध्यक्ष रवि सिंहले महासंघको अवार्ड कार्यक्रम राष्ट्रकै प्रतिष्ठित अवार्डका रूपमा स्थापित हुनु महासंघका लागि गर्वको विषय भएको बताउनुभयो । अवार्ड कार्यक्रम संयोजकसमेत रहनुभएका महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी)ले अवार्ड कार्यक्रमलाई आगामी दिनमा अझ व्यवस्थित बनाइने प्रतिबद्धता जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?