एनआइसीद्वारा १० लाख बीमा दाबी भुक्तानी

Read Time = 2 mins

काठमाडौं । एनआइसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकमा बचत खाता खोल्नुभएकी अन्नु श्रेष्ठलाई खातामा उपलब्ध घातक रोग बीमाबापत १० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकको जावलाखेल शाखामा ‘सर्वश्रेष्ठ बचत खाता योजना’ अन्तर्गत सर्वश्रेष्ठ बण्डल सहज बचत खाता खोल्नुभएकी श्रेष्ठलार्ई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त रकमबराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका दुई हजार ८० जनाभन्दा बढी ग्राहकले घातक रोग बीमाबापत तीन करोड, दुर्घटना बीमाबापत एक करोड ३० लाख र मेडिकल बीमाबापत तीन करोड ६७ लाख गरी कुल सात करोड ९८ लाखभन्दा बढी बीमा रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ ।

ग्राहकमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले निक्षेप रकममा अधिकतम् प्रतिफल दिने उद्देश्यका साथमा चारजनालाई पाँच वर्षका लागि ८४ लाखसम्मको बीमा सुविधा रहेको ‘सर्वश्रेष्ठ बचत योजनाहरू’ सञ्चालन गरिरहेको छ । योजनामा सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म ८४ लाखसम्मका तीन बीमा (१८ वटा घातक रोगको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदा, तीन कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदा गरी कुल २४ सर्वश्रेष्ठ फाइदा समावेश छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?