काठमाडौंसहित देशका पहाडी भूभागमा बर्षा हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हाल नेपालमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जसका कारण देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । केही प्रदेशका विभिन्न भू-भागमा हल्का वर्षाको सम्भावना रहेको हो ।

आज बिहान गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहको छ । अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागहरूमा आंशिक बदली र तराई भेगमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाले आज दिउँसो पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहने बताएको छ । बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोसी, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

काठमाडौंमा आज अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति देशको पहाडी भू-भागहरूमा आंशिकदखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, वागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?