बागलुङमा १५ वर्षीया बालकालाई बलात्कार गरि गर्भवती बनाउने ७५ वर्षीय वृद्ध पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

-डम्मर बुढा मगर

बागलुङ । १५ वर्षीया बालिकालाई बलात्कार गरि गर्भवती बनाएको आरोपमा बागलुङको निसीखोला गाउँपालिकाका ७५ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।

चैत ५ गते बलात्कार गरि बालिकालाई गर्भवती बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङले निसीखोला गाउँपालिका–१ का ७५ वर्षीय जगलाल विकलाई पक्राउ गरेको हो ।

जेठ २५ गते स्वास्थ्यमा समस्या आएपछि प्रथामिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार गर्न पुगेकी बालिका स्वास्थ्य परिक्षणको क्रममा गर्भवती भएको पुष्टी भएपछि सोधपुछ गर्दै जाँदा बलात्कारमा परेको खुलेको थियो । पीडित बालिकाको परिवारले आरोपित विक विरुद्ध जेठ ३१ गते प्रहरीमा उजुरी दिएका थिए ।

घरमा कोही नभएको समयमा डर धम्की देखाएर बलात्कार गरेका विकले घटनाबारे कसैलाई भने ज्यान मार्ने धम्कीसमेत दिएको पीडित बालिकाले प्रहरी समक्ष बताएकी छिन् ।

बालिकाको जेठ ३१ गते धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?