प्रधानमन्त्री दाहाल र प्रदेश प्रमुखहरूबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रदेश प्रमुखहरूबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाललाई भेट्न प्रदेश प्रमुखहरु प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए ।

भेटमा केन्द्र र प्रदेश सरकारबीच सहयोगका विषयमा साथै समसामायिक विषयमा कुराकानी भएको जानकारी दिइएको छ । साथै केन्द्रमा बदलिएको सत्ता समीकरण र त्यसले प्रदेश सरकारमा पार्ने असरका विषयमा समेत छलफल भएको स्रोतले बतायो ।

नेपालको सातैवटा प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रूपमा प्रदेश प्रमुख रहन्छन् । नेपालको संविधानले प्रदेश प्रमुखलाई आफ्नो विवेकअनुसार काम गर्न सक्ने अधिकार दिएको छ । प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्छन् भने मुख्यमन्त्रीकै अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुने व्यवस्था छ ।

हाल कोशी प्रदेशको प्रमुखमा पर्शुराम खापुङ, मधेस प्रदेश प्रमुखमा हरिवंश मिश्र, वागमती प्रदेशमा यादवचन्द्र शर्मा, गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ, लुम्बिनीमा अमिक शेरचन, कर्णाली प्रदेश प्रमुखमा तिकल परियार र सुदूरपश्चिम प्रदेश प्रमुखमा देवराज जोशी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?