आर्मीमाथि एपिएफको जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एपिएफ फुटबल क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो जित निकालेको छ । च्यासल मैदानमा बुधबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई एक-शून्यले हराउँदै एपिएफले दोस्रो जित निकालेको हो ।

मणिकुमार लामाले एपिएफका लागि निर्णायक गोल गर्नुभयो । ३७औँ मिनेटमा मणिले गोल गर्नुभएको थियो । उक्त गोलसँगै आर्मीको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ । यसअघि आर्मी लगातार तीन खेलमा अपराजित रहँदै आएको थियो ।

त्यसअघि दुवै टोलीका खेलाडीले गरेको बारम्बारको प्रयास सफल हुन सकेन । २०औँ मिनेटमा आर्मीका दिनेश हेन्जनको क्रसमा विकास खवासको प्रहार बार माथिबाट बाहिरियो । यस्तै, २८औँ मिनेटमा आर्मीका नवयुगको पासमा कप्तान भरत खवासको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । एपिएफले लिगको चौथो खेलमा दोस्रो जित निकालेको हो । एपिएफको सात अंक पुगेको छ । आर्मीको ५ अंक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?