फाइभ पी मेला हुने

Read Time = 2 mins

काठमाडौं । यही चैत १० गतेदेखि काठमाडौंमा नेपाल फाइभ पी अन्तर्राष्ट्रिय मेला हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले चैत १० देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा तेस्रो नेपाल फाइभ पी अर्थात् प्लाष्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ, प्रोसेसिङसम्बन्धी अन्तर्राष्ट्रिय मेला आयोजना गर्ने भएका हुन् । मेलामा स्वदेशी तथा विदेशी कम्पनीका एक सय १५० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।

मेलामा प्लास्टिक प्रोसेसिङ, मेसिनरीका उत्पादक, स्क्रिन प्रिन्टिङ, इन्डक्सन मोल्डिङ मेसिन, प्रिन्टिङ मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेसनरी मेसिनरी, प्रिन्टिङ स्पेयर पार्ट्स, पेपर मेसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेयर पार्ट्स, प्याकेजिङ मेसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादकलगायतका संस्थाको सहभागिता रहने आयोजकले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?