काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को आठ महिना अर्थात् फागुनसम्म सात खर्ब ७९ अर्ब २३ करोडमात्रै बजेट खर्च भएको छ । सो अवधिमा चालु खर्च ५१.४६, पुँजीगततर्फ २२.१५ र वित्तीय व्यवस्थातर्फ ३७.४१ प्रतिशत खर्च भएको हो ।
चालु खर्चतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख विनियोजन रहेकोमा हालसम्म छ खर्ब आठ अर्ब ८४ करोड ४५ लाख रुपैयाँ खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख विनियोजन रहेकोमा २२.१५ प्रतिशत अर्थात् ८४ अर्ब २५ करोड ६० लाखमात्रै खर्च भएको छ । वित्तीय व्यवस्थापनतर्फ दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख विनियोजन रहेकोमा ८६ अर्ब १२ करोड ९६ लाख खर्च भएको छ ।
त्यस्तै, फागुनसम्म राजस्व संकलन वार्षिक लक्ष्यको ४२.७ प्रतिशतमात्रै छ । चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख राजस्व लक्ष्य लिएकोमा हालसम्म छ खर्ब २२ अर्ब ७८ करोड १४ लाखमात्रै असुली भएको हो । आन्तरिक राजस्व ४१. ५३ प्रतिशत अर्थात् पाँच खर्ब ८२ अर्ब ७७ लाख १५ हजार रहेको छ ।
त्यस्तै, ५५ अर्ब ४५ करोड ८३ लाख वैदेशिक सहायता लिने लक्ष्य रहेकोमा हालसम्म ८.६६ प्रतिशत अर्थात् चार अर्ब ८० करोड २० लाखमात्रै वैदेशिक सहायता भित्रिएको छ । सो अवधिमा सरकारको बजेट घाटा एक खर्ब ५६ अर्ब ४४ करोड नाघेको छ । फागुनसम्म सरकारले सात खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गर्दा राजस्व संकलन छ खर्ब २२ अर्ब ७८ करोड १४ लाखमात्रै रहेको हो ।
चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो । तर, लक्ष्यअनुसार राजस्व नउठेपछि अर्धवार्षिक समीक्षामार्फत् बजेटको आकार १४ प्रतिशत अर्थात् दुई खर्ब ४४ अर्बले घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच