सरकारमा सहभागिता बारे छलफल गर्न एकीकृत समाजवादीले बनायो कार्यदल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुन पार्टीले अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष प्रमेस हमाल र पार्टी महासचिव घनश्याम भुसालसहितको तीन सदस्य कार्यदल गठन गरेको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी सत्तापक्षमा बसिसकेको र सरकारमा जाने बारेमा छलफल भएको बताउनु भयो । उहाँले बैठकमा सरकारमा जाँदा कस्त नीति कार्यक्रम लिएर जाने भन्ने बारेमा पनि छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारमा जाने विषयमा निर्णय भएको छ । पार्टी सत्ता पक्षमा बसिसकेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेको छ । सरकारमा जाने र यसबारे वृहत ढंगले सोच्नुपर्ने भएकाले त्यसका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष प्रमेस हमाल र पार्टी महासचिव घनश्याम भुसाल तीन सदस्य कार्यदल गठन गरेको छ । यसले नीति तथा कार्यक्रमा राख्ने बारेमा पनि सोच्नेछ । सरकारमा कसरी अघि बढ्ने भन्ने बारेमा सचिवालयमा प्रश्ताव दिनेछ ।’

उमहासचिव खतिवडाले कार्यदलले सरकारी कुन ढंगले जाने भन्ने बारेमा सचिवालयलाई प्रश्ताव दिने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?