गठबन्धनको बैठक आज पनि बस्दै, उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार तोकिने

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । १० दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।

बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति नजुटेपछि बैठक आजको लागि तय भएको हो ।

नेताहरूले जसपाका रामसहाय यादवलाई साझा उम्मेदवार बनाउन जोड दिए पनि जनमत पार्टीले आफ्नो अडान कायमै राख्दा सहमति जुट्न नसकेको हो ।

गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका  यादव र जनमत पार्टीकी ममता झा हुनुहुन्छ। दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरू समझदारीबारे छलफल गरिरहेका छन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेता सहभागी हुनुहुन्थयो ।

आज बस्ने गठबन्धन बैठकमा पनि शीर्ष नेताहरूको सहभागिता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?