पूर्वअमेरिकी राष्ट्रपतिलाई फौजदारी अभियोग

अमेरिकाको इतिहासमा पूर्वराष्ट्रपतिलाई फौजदारी अभियोग लागेको पहिलो घटना

Read Time = 3 mins

न्युयोर्क । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई फौजदारी अभियोग लागेको छ । वर्षौंको अनुसन्धानपछि म्यानहाटनको ग्राण्ड जुरीले उहाँलाई फौजदारी अभियोग लगाएको हो । फौजदारी अभियोगबारे ग्राण्ड जुरीले स्पष्ट नगरे पनि विवाहेत्तर यौन सम्बन्धलगायत दुई दर्जन मुद्दा पूर्वराष्ट्रपतिलाई लाग्ने सञ्चारमाध्यमहरूले जनाएका छन् । जुरीको उक्त निर्णयसँगै उहाँको राजनीतिक एवं व्यापारिक कारोबार प्रभावित हुनुका साथै पुनः राष्ट्रपतिमा लड्ने उहाँको योजना चकनाचुर भएको छ ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि ट्रम्पले अश्लिल चलचित्रकी नायिका स्टर्मी डेनियलसँग कायम गरेको यौनसम्बन्ध र त्यसलाई गोप्य राख्न उहाँलाई भुक्तान गरिएको एक लाख ३० हजार अमेरिकी डलरलाई मुख्य मुद्दा बनाइएको जनाइएको छ । ट्रम्पविरुद्धको मुद्दाको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । डेनियलले पनि आफूलाई ट्रम्पले मौन रहन रकम दिएको दाबी गर्नुभएको छ ।

पूर्वराष्ट्रपति ट्रम्पले आफूमाथि लगाइएको उक्त आरोपको खण्डन गर्नुभएको छ । उहाँले आफूमाथि लगाइएको आरोपलाई राजनीतिक स्वार्थबाट प्रेरित भन्नुभएको छ । उहाँका छोरा एरिकले आसन्न राष्ट्रपतिको चुनावलाई लक्ष्य गरेर विपक्षीले उक्त आरोप लगाएको बताउनुभएको छ ।

म्यानहाटनस्थित सरकारी वकिलको कार्यालयले पूर्वराष्ट्रपतिको आत्मसमर्पणको सहजीकरणका निम्ति उहाँका वकिलसँग सम्पर्क गरिएको बताएको छ । हाल फ्लोरिडामा रहनुभएका उहाँ आगामी मंगलबार न्युयोर्कको अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ । अदालतमा उहाँले आफू निर्दोष रहेको दलिल प्रस्तुत गर्दै अपिल गर्ने सम्भावना छ । उहाँलाई अदालतले धरौटीमा रिहा गर्ने सम्भावना पनि रहेको छ ।

शुक्रबार नै उहाँलाई आत्मसमर्पण गर्न भनिएको थियो तर उहाँका वकिलहरूले केही समय माग गरेका थिए । अमेरिकाको इतिहासमा पूर्वराष्ट्रपतिलाई फौजदारी अभियोग लागेको यो पहिलो घटना हो । रासस÷एपी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?