भोजपुर । भोजपुरको ऐतिहासिक स्थल टक्सार बजारका धार्मिक सम्पदाहरुको पुन निर्माणका लागि रणेश्वर शिवालय मन्दिर एक सय बर्ष पुगेको अवसरमा आयोजना गरिएका सप्ताह ज्ञानमहायज्ञ धार्मिकरुपमा सफल भएको छ ।
इतिहास बोकेको भोजपुरको टक्सारमा रहेको धार्मिक स्थलहरुको संरक्षण र सम्वर्धनमा उचित सहयोग नमिले पछि पुन निर्माण र जिर्णोद्वारका लागि सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिएको थियो । चैत्र ९ गतेबाट १६ गतेसम्म आयोजित महायज्ञले बिस्थापित भएका परिवारलाई समेत स्थानीय स्तरमा आउने बातावरण कायम गरेको आयोजक रणेश्वर महादेव गुठी ब्यवस्थापन तथा संचालक समितिका अध्यक्ष शिव कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “५० औ बर्ष पछि टक्सारमा महत्वपूर्ण धार्मिक कार्य भएको छ, यसले टक्सार क्षेत्रका धार्मिक सम्पदाहरु संरक्षणका साथै प्रचार प्रसारमा समेत महत्वपूर्ण भुमिका निर्वाह गरेको छ ।”
स्थानीयहरु समेत पलाएन हुने क्रम बढेसँगै अहिले टक्सार बजार क्रमिकरुपमा नाममा मात्र सिमित बन्ने अवस्थामा यसलाई पुन पहिलाकै अवस्थामा फर्काउन सकिन्छ कि भन्ने उद्धेश्यले ज्ञान महायज्ञको आयोजना गरिएको थियो यसले धार्मिक सम्पदाहरको संरक्षणमा मद्धत पुर्याएको छ, रणेश्वर शिवालय मन्दिरका संस्थापक सदस्य गोबिन्द कार्कीले भन्नुभयो ।
पहाडी जिल्लामा एक हप्तासम्म संचालन गरिएको ज्ञानमहायज्ञ प्रभावकारी देखिएको प्रमुख कथाबाचक पण्डित सागर भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “जुन उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो, त्यसलाई यस महायज्ञले सहयोग पुगेको छ ।”
सबैको साथ र सहयोगले सराहनीय काम भयो ।