उपनिर्वाचन : बारा–२ मा उपेन्द्र यादवले गरे मनोनयन दर्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं ।  प्रतिनिधिसभा सदस्य चयनका लागि हुने उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो ।

जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको हो । बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो। सत्तारुढ गठबन्धनको समर्थनमा उहाले मनोनयन दर्ता गराउनु भएको हो ।

गत मंसिरमा भएको निर्वाचनजमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका उहाँ अहिले बारा–२मा उम्मेदवारी दिनुभएको छ ।

बारा–२ मा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, रास्वपाबाट रमेश खरेलले उम्मेदवारी दिँदै हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?