तनहुँ १ मा रास्वपाबाट स्वर्णिम वाग्लेको मनोनयन दर्ता

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

तनहुँ । आगामी बैशाख १० मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तरगत उपनिर्वाचनका लागि राष्‍ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् डा. स्वर्णिम वाग्लेले मनोनयन दर्ता गराउनु भएको छ ।

वाग्लेले आइतबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनु भएको हो । उहाँको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे हुनु हुन्छ । नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव बाँस्तोला मनोनयनअघि मात्र रास्वपामा प्रवेश गर्नुभएको थियो ।

उहाँले गत स्थानीय तहको चुनावदेखि कांग्रेस परित्याग गर्नुभएको थियो । मनोनयनदर्तामा समर्थन जनाउँदै रास्वपाका सभापति रवि लामिछाने पनि तनहुँ पुग्नुभएको थियो । उहाँ बिहान चितवन २ मा आफ्नो उम्मेदवारी दर्ता गरेर तनहुँ पुग्नुभएको हो ।

गत मंसिरमा भएको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको सो स्थानमा उपनिर्वाचनका हुन लागेको हो।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको समय तोकेको हो। नेपाली कांग्रेसबाट गोविन्द भट्टराई,नेकपा एमालेबाट पूर्वआईजीपी सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसक्नुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?