मधेश प्रदेश सरकारबाट बाहिरिने एमालेको तयारी, आजै राजीनामा दिने

हिमालय टाइम्स
Read Time = 1 min

जनकपुरधाम । मधेस प्रदेशबाट एमाले बाहिरिने भएको छ ।

पुस २७ मा जसपाका दलका नेता सरोजकुमार यादवलाई समर्थन दिँदै एमाले सरकारमा सहभागी भएको थियो ।

केन्द्रमा समीकरण फेरिएपछि प्रदेश सरकारमा बन्न असहज भएको भन्दै एमाले बाहिरिने भएकाे हो ।

एमाले संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने तथा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी रहेको एमाले सांसद हरिनारायण महतोले जानकारी दिनुभयो ।

मधेश प्रदेशमा सबैभन्दा ठूलो दल बनेको एमाले आज सरकारबाट बाहिरिन लागेको हो । मधेसमा एमालेका २३ सांसद छन् ।

हाल मधेश प्रदेश सरकारमा एमालेका चार जना मन्त्री छन् ।

एमालेबाट मन्त्री बनेकाहरू भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंह, कानून–न्याय तथा प्रदेशमामिला मन्त्री राजकुमार लेखी र महिला–बालबालिका, युवा तथा खेलकुद मन्त्री मो. जैद आलमले राजीनामा दिने हुनु भएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?