कलाकार भण्डारी वडा सदस्यमा विजयी

Read Time = 1 min

काठमाडौं । देशभर स्थानीय तहको निर्वाचनको मतपरिणाम आइरहदा वडा सदस्यका उम्मेदवार कलाकार किशोर भण्डारी विजयी हुनुभएको छ । दर्शकमाझ ‘डिठ्ठा’साब’ नामले लोकप्रिय हास्य कलाकार तथा निर्देशक भण्डारीले नेपाली कांग्रेसका तर्फबाट तारकेश्वर नगरपालिका–२ मा वडा सदस्यका लागि उम्मेदवारी दिनुभएको थियो ।

भण्डारीले अत्यधिक बहुमतका साथ विजयी भएको बताउनुभएको छ । भण्डारीका अनुसार उहाँको वडामा खसेको २५ सय मतमध्ये उहाँले ११ सयभन्दा बढी मत पाउनुभएको थियो ।

विभिन्न टेलिशृंखला, नाटक, फिल्म तथा विज्ञापनमा अभिनय गर्नु भएका कलाकार भण्डारीलाई कान्तिपुर टेलिभिजनबाट प्रसारित हाँस्य शृंखला ‘डिठ्ठा साब’मार्फत दर्शकमाझ लोकप्रिय भएका कलाकार हुनुहुन्छ । भण्डारी पछिल्लो समय ‘हर्के हवल्दार’मा अभिनय गरिरहनु भएको छ । भण्डारीले नेपाली चलचित्र चंगा निर्देशन गरिसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?