कलाकार भण्डारी वडा सदस्यमा विजयी

Read Time = 1 min

काठमाडौं । देशभर स्थानीय तहको निर्वाचनको मतपरिणाम आइरहदा वडा सदस्यका उम्मेदवार कलाकार किशोर भण्डारी विजयी हुनुभएको छ । दर्शकमाझ ‘डिठ्ठा’साब’ नामले लोकप्रिय हास्य कलाकार तथा निर्देशक भण्डारीले नेपाली कांग्रेसका तर्फबाट तारकेश्वर नगरपालिका–२ मा वडा सदस्यका लागि उम्मेदवारी दिनुभएको थियो ।

भण्डारीले अत्यधिक बहुमतका साथ विजयी भएको बताउनुभएको छ । भण्डारीका अनुसार उहाँको वडामा खसेको २५ सय मतमध्ये उहाँले ११ सयभन्दा बढी मत पाउनुभएको थियो ।

विभिन्न टेलिशृंखला, नाटक, फिल्म तथा विज्ञापनमा अभिनय गर्नु भएका कलाकार भण्डारीलाई कान्तिपुर टेलिभिजनबाट प्रसारित हाँस्य शृंखला ‘डिठ्ठा साब’मार्फत दर्शकमाझ लोकप्रिय भएका कलाकार हुनुहुन्छ । भण्डारी पछिल्लो समय ‘हर्के हवल्दार’मा अभिनय गरिरहनु भएको छ । भण्डारीले नेपाली चलचित्र चंगा निर्देशन गरिसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
इन्द्रसरोबरमा सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते यु–१६ राष्ट्रिय जिम्न्यास्टिक च्याम्पियनसिप शुरु सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ विश्वकपअघि भिसा विवाद: इरानले अमेरिकामाथि विभेदको आरोप लगायो ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्रीको माग ४८ वटा सटर डोजरले भत्काएपछि रहेन सिन्धुलीको स्टल बजार अनलाइनबाट सडकसम्म: ‘कक्रोच जनता पार्टी’को पहिलो प्रदर्शन, दिल्लीमा कडा सुरक्षा प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता