स्याङ्जा २ (क) बाट कांग्रेसका भोजराज अर्याल विजयी

हिमालय टाइम्स
Read Time = 1 min

स्याङजा । स्याङ्जा निर्वाचन क्षेत्र नम्वर २ (क) बाट नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । अर्यालले निकटम प्रतिस्पर्धी नेकपा एमालेका मोहनप्रसाद रेग्मीलाई पारजित गर्दै प्रदेश सभा सस्दयमा निर्वाचित हुनुभएको हो ।

अर्यालले रेग्मीलाई २ हजार ७३० मतान्तरले पराजित गर्नुभएको हो। अर्यालले १५ हजार १६१ मत प्राप्त गर्दा रेग्मीले १२ हजार ४३१ मत प्राप्त गर्नुभयो । गण्डकी प्रदेश सभाका निवर्तमान सदस्यसमेत रहनुभएका रेग्मी २०७४ सालमा सोही क्षेत्रबाट ३ हजार बढी मत अन्तरले निर्वाचित हुनुभएको थियो ।

बुथ कब्जा भएको आरोप प्रत्यारोपको विवादका कारण मतदान भएको १० दिन पछि यो क्षेत्रका मतगणना भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?