उदयपुरको ताप्लीमा सुनकोसी लिफ्टिङको काम तिव्र, ३ हजार घरधुरी लाभान्वित हुने

हिमालय टाइम्स
Read Time = 4 mins

-सरोज निरौला

उदयपुर । खानेपानीको समस्या भोगिरहेका ताप्लीका नागरिकहरुले शुनकोशी नदीको स्वच्छ पानी उपभोग गर्न पाउने भएका छन । शुनकोसी लिफ्टिङ खानेपानी आयोजनाको कामले गति लिएपछि त्यसक्षेत्रका नागरिकहरुले भोग्दै आएको समस्या समाधान हुने भएको हो ।

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय विराटनगरले डेढ अर्ब रुपियाँभन्दा बढीको लागतमा बृहत लिफ्टिङ सुनकोसी खानेपानी आयोजना निर्माण सुरु गरेको हो ।

जलवायु अनुकूलित बृहत खानेपानी आयोजना मार्फत आयोजना कार्यालय विराटनगरले निर्माण गर्न लागेको आयोजनाबाट ताप्ली, रौतामाई र लिम्चुङ्बुङ गाउँपालिकाका ६ हजार हजार भन्दा बढी घरधुरी लाभान्वित हुनेछन । आयोजनाको स्किम २ अन्तर्गत ताप्ली गाउँपालिकाका बिभिन्न स्थानमा हाल रिजर्भ ट्याङ्की निमार्ण गर्ने, पाईपका लागी नाला खन्ने, गार्ड हाउस निमार्ण गर्ने तथा पाईपहरु ल्याउनेलगायतका काम भईरहेको पालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माले बताउनुभयो ।

नेपाल सरकारको १ अर्ब ५८ करोड ९६ लाखको लगानीमा आगामी २०८२ साल असार ३० गतेसम्म आयोजना निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । आयोजनाको स्किम १ बाट लिम्चुङ्बुङ गाउँपालिका-१ देखि ५ सम्म र रौतामाई गाउँपालिका-१ देखि ३ सम्मका ३ हजार २७२ घरपरिवार तथा स्किम २ अन्तर्गत ताप्ली गाउँपालिका-१ देखि ५ सम्मका ३ हजार भन्दा बढी घरधुरीपरिवार लाभान्वित हुने आयोजना कार्यालय विराटनगरका फिल्ड इन्जिनियर सुजित महतोले बताउनुभयो ।

आयोजनाबाट ताप्लीका १७ हजार ८७९ जना उपभोक्ताले ६ हजार ३२७ वटा धारा मार्फत स्वच्छ खानेपानीको सुविधा उपभोग गर्न पाउने भएका हुन् । तीनवटै पालिकाका ६ हजार ३२७ घरधुरीका कुल ३७ हजार २० जना उपभोक्तालाई लक्षित गरी आयोजना तयार पारिएको हो । बृहत लिफ्टिङ सुनकोसी खानेपानी आयोजना अन्तर्गत एक प्रतिशत रकम स्थानीय उपभोक्ताले नगद जम्मा गर्नुपर्नेछ ।

एक करोड ५८ लाख ९६ हजार ५५२ रुपियाँ सम्बन्धित पालिकाको लागत अनुमानका आधारमा उपभोक्ताबाट सङ्कलन गरी जम्मा गरिदिएपछि योजना बढेको ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्माले बताउनुभयो । विकट भौगोलिक धरातलमा रहेको उक्त क्षेत्रका स्थानीयको आर्थिक अवस्थालाई हेरेर पालिकाले समेत उपभोक्ताको हितलाई ध्यान दिएर रकम उपलब्ध गराइदिएको हो ।

सुनकोसी नदीको पानी तानेर उपभोक्तालाई वितरण गरिने आयोजना प्रमुख चोकप्रसाद धितालले बताउनुभयो । स्किम १ को आठ ठाउँमा पम्पिङ गरी प्रतिसेकेन्ड १७.५ लिटर र स्किम २ मा सात ठाउँमा पम्पिङ गरी प्रतिसेकेन्ड १६.५लिटर पानी तानेर रिजर्व ट्याङ्कीमा जम्मा गरिनेछ । ट्याङ्कीबाट उपभोक्तालाई पाइप मार्फत घरघरमा वितरण गरिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?