हिमालयनले बढायो बीमा रकम

Read Time = 1 min

काठमाडौं । हिमालयन बैंकले विभिन्न बचत खातामध्ये नारी बचत खाता र विशेष तलबी खातामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमाको सीमा रकम पाँच लाखबाट बढाएर १० लाख पुर्‍याएको छ ।

नारी बचत खाता नारीहरूको सम्मानस्वरूप विशेष गरी नारीलाई लक्षित गरिएको योजनाका रूपमा रहेको छ भने विशेष तलबी खाता कुनै पनि संघसंस्थामा आबद्ध व्यक्तिको नाममा तलब जम्मा गर्ने प्रयोजनले खोलिने तलबी खाताका रूपमा रहेको छ ।

१० लाखसम्मको दुर्घटना मृत्यु बीमाबाहेक पनि नारी बचत खातामा लकर धरौटीमा ५० प्रतिशत छुट र विभिन्न बैंकिङ सेवामा २५ प्रतिशतसम्म छुट रहेको बैंकका प्रेस तथा जन सम्पर्क अधिकृत शितल कोइरालाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?