प्रभु क्यापिटल र सेन्ट जेभियर्सबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र सेन्ट जेभियर्स कलेजबीच सहकार्यका लागि सम्झौता भएको छ । बुधबार सेन्ट जेभियर्समा एक कार्यक्रमबीच सम्झौता भएको छ । व्यवस्थापन विभागको स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापनसहित पुँजी बजारको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरी विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सम्झौता भएको हो ।

प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र सेन्ट जेभियर्स कलेजका प्राध्यापक फादर डा. अगस्टिन थोमस एसजेले सम्झौतापत्रमा हस्तारक्षर गर्नुभएको छ । सो अवसरमा प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झा र श्रीया कुटु तथा सेन्ट जेभियर्सका उप–प्राध्यापक सलुजा चन्द तथा व्यवस्थापन विभाग प्रमुख महप्रसाद श्रेष्ठको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?