एञ्जिला र प्रिन्स वर्षको सर्वोत्कृष्ट खेलाडी

Read Time = 4 mins

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा र ब्याडमिन्टनका प्रिन्स दाहाल नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ एनएनआईपीएले प्रदान गर्ने अवार्डमा सर्वोत्कृष्ट चुनिनुभएको छ । एनएनआईपीएले आयोजना गरेको १७ औं एनएनआईपीए स्पोर्टस अवार्डमा महिलातर्फ एञ्जिला र पुरुषमा प्रिन्सलाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरेको हो । सर्वोत्कृष्ट चुनिनुभएका उहाँहरूलाई अवार्डसहित समान एक/एक लाख रुपैयाँ प्रदान गरिएको छ ।

यस्तै कराँतेकी चन्चला दनुवार महिलातर्फ र पुरुषतर्फ गल्फका सद्भाव आचार्य प्रतिभाशाली खेलाडी चुनिएर जनही ५० हजार प्राप्त गर्नुभयो । सर्वाेत्कृष्ट पारा एथलेट अवार्ड सुभेक्षा खतिवडाले प्राप्त गर्दा गजराज आर्दश खेल व्यक्तित्व अवार्ड खड्गबहादुर रानाभाट र उत्कृष्ट खेलकुद पत्रकार पुरस्कार धु्रव तुलाधरले प्राप्त गर्नुभयोे । पारा अवार्ड विजेताले १५ हजार, गजराज आदर्श खेल व्यक्तित्व अवार्ड विजेताले ३५ हजार र खेलकुद पत्रकारिता पुरस्कार विजेताले २५ हजार प्राप्त गर्नुभएको छ ।

ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका उत्कृष्ट खेलाडीलाई जनही १० हजारले सम्मानसमेत गरिएको थियो । यसपटक आर्चरीका इमायुङ राई, एथलेटिक्सका दीपक अधिकारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलका अनुषा मल्ल, बक्सिङका सुष्मा तामाङ, साइक्लिङका निष्मा श्रेष्ठ र फेन्सिङका ओमकार सिंहले उत्कृष्ट खेलाडी अवार्ड प्राप्त गर्नुभयोे । त्यस्तै फुटबलका एञ्जिला तुम्बापो सुब्बा, गल्फका सद्भाव आचार्य, जिम्न्यास्टिकका नारायण मानन्धर, ह्याण्डबलका विशाल नेपाली, हक्कीका कमला चन्द, जुडोका सञ्जित डंगोल, कबड्डीका घनश्याम रोकामगर, कराँतेका चन्चला दनुवार, र्‍याफ्टिङ एन्ड क्यानोइङका मोहन राणा, सुटिङका सुष्मिता नेपाल, स्कीका संगिता लामा, पौडीका एलेक्जेण्डर शाह, टेबलटेनिसका सिक्का सुवाल श्रेष्ठ, टेनिसका रितिक राना, ट्रायथलनका श्रेबी महर्जन, भलिबलका सलिना श्रेष्ठ, भारोत्तोलनका विशालसिंह बिष्ट, कुस्तीका सुशिला चन्द र उसुका सुष्मिता तामाङले उत्कृष्ट खेलाडी अवार्ड प्राप्त गर्नुभयो ।

विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठ र विभिन्न संघका प्रतिनिधि लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?