स्वर्णिम अवसरको खोजीमा स्वर्णिम

डा. शान्तिकृष्ण अधिकारी
Read Time = 18 mins

आफूले चाहेको व्यवस्था, सिद्धान्त र आदर्श रोज्न पाउने अधिकारका लागि लडेर ल्याएको लोकतन्त्र नेपालमा छ । मन परेको पार्टी छानेर त्यसको सदस्यता लिन पाउनु सबैको नैसर्गिक अधिकार नै हो । यो अधिकार कसैले आफैं लडेर पाएका होलान् भने कसैलाई अरूले लडेर प्राप्ति भएको होला । संघर्षको मैदानमा नभएकाले पनि संविधान, ऐन र कानुनहरूले व्यवस्था गरिदिएपछि समान अधिकार प्राप्त गर्दछन् नै । मान्छेको आ-आफ्नो भाग्य न हो, कसैले विनासंघर्ष सुख, सुविधा, अवसर आदिको भोग गरिरहेका हुन्छन् भने कसैले आजीवन संघर्ष गर्दा पनि प्रतिफल चाख्न पाएका हुँदैनन् ।

संघर्ष नै नगरेका र दुई-चार अक्षर पढेर हाटहुट गर्न सक्नेहरूले राजनीतिको गलत व्याख्या गरिरहेका हुन्छन् । देश र जनताका लागि दशकौँको पार्टी राजनीति, पटकौं पटकको आन्दोलन र संघर्षका माध्यमबाट सत्तामा पुगेकाहरूलाई संघर्षको सावा व्याज खाएको आरोप लगाउने गर्दछन् भने विनासंघर्ष आएकाहरू योग्यता र क्षमताले खाएको गर्वका साथ सुनाउने गर्दछन् । राजनीति सत्तामा पुगेर कमाउने भाँडो निश्चित रूपमा होइन तर विनाराजनीति सत्तामा पुगेकाहरूले देश र जनताप्रतिको आफ्नो इमानदारी र जवाफदेही पुष्टि गर्न सकिरहेको अवस्था पनि छैन । साथै पुराना राजनीतिज्ञभन्दा आफूलाई बेग्लै र सत्ताभन्दा टाढाको जनलक्ष्यिता कार्यमा संलग्न गराउन सकेको पाइएको पनि छैन ।

वाग्लेलाई कांग्रेसले जोगाउनु पर्दथ्यो भन्नेमा कुनै विमति रहँदैन । अर्थशास्त्रमा दखल राख्ने वाग्ले जस्ता विज्ञहरूको सहयोग लिन पार्टीले सक्नै पर्दछ भन्नेमा पनि दुई मत हुँदैन तर पार्टी नै छाडेर गइसकेपछि पनि गोविन्द भट्टराईको भन्दा वाग्लेको बारेमा छलफल चलिरहनुले कसैलाई फाइदा गर्दैन ।

राजनीतिक दल बिहे गरेको श्रीमती जस्तो किमार्थ होइन । एकपटक बिहे गरियो भने श्रीमती छाड्नका लागि धेरै सामाजिक र कानुनी प्रक्रियाहरू पार गर्नुपर्दछ । छोराछोरीका कारण डिभोर्सपछि पुनः जोडिनुपर्ने बाध्यता पनि आइलाग्न सक्दछ तर एकपटक सदस्यता लिएको पार्टी छाड्नलाई त्यस्तो कुनै बारबन्देज छैन । आज बसेको पार्टी छाडेर भोलि अर्कोमा र पर्सि अर्कैमा गर्दा पनि कुनै कानुन लाग्दैन । यस्ता उदाहरण नेपालमा पर्याप्त छन् र पनि कोही कसैले कुनै राजनीतिक दल छाड्दा किन यतिविधि चर्चा परिचर्चा हुने गर्दछ, अचम्मैको विषय बनेको छ ।

नेपालमा चल्नुपर्ने हल्ला पनि चल्छ र चल्नै नपर्ने हल्ला चल्नुपर्नेभन्दा बढी चल्छ । चर्चै नगरे पनि हुने विषयको चर्चा परिचर्चा व्यापक हुने गर्दछ । नराम्रो कुरा भयो भने अनावश्यक रूपमा सर्वत्र स्थान पाउने गर्दछ भने राम्रा कुराहरू त्यसै कुनामा थन्किन पुग्दछन् । गाउँमा मन्दिर स्थापना गर्नेको नामोनिसान थाहा पाइँदैन तर त्यही मन्दिरको मूर्ति चोरियो भने देशव्यापी समाचार बन्दछ । आजसम्म एक पैसा पनि घुस नखाएका कर्मचारीको नाम कसैलाई थाहा छैन तर अख्तियार दुरुपयोग गरेर भ्रष्टाचारमा चुर्लुम्म डुबेकाहरू चर्चित हुनेगरेका छन् ।

तनहुँ क्षेत्र नं.१ मा उपचुनाव हुँदैछ । त्यसै क्षेत्रबाट निर्वाचन जितेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि खाली भएको ठाउँमा नेपाली कांग्रेसले बाल्यकालदेखि नै नेविसंघको राजनीति गर्दै आएका गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । चालीस वर्षको राजनीतिक जीवनमा कुनै पनि अवसर नपाए पनि निष्ठाको राजनीति गर्दै देश, जनता र लोकतन्त्रप्रति आस्थावान् रही निरन्तर क्रियाशील गोविन्द पहिलो पटक संसदीय चुनाव लड्दै छन् । आफ्ना समकालीनमात्र नभई आफूभन्दा निकै कनिष्ठ पनि मन्त्री बन्दा पनि इमानको राजनीतिमा अडिएका नेविसंघका पूर्वअध्यक्ष त्यहाँ उम्मेदवार हुनु त्यस क्षेत्रका बासिन्दाका लागि गौरवको विषय पनि हो ।

तर, यहाँ त्यस्ता गोविन्दको भन्दा बढी कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका डा.स्वर्णिम वाग्लेका बारेमा बढी हल्ला फिँजाइएको छ । डा.स्वर्णिमलाई नेपालमा स्वर्णिम भनेर चिनाएको कांग्रेसले नै हो र एकपटक मात्रै अवसर नपाउँदा पनि पार्टी नै छाडेर हिँडेका वाग्लेका बारेमा कांग्रेसीहरूले नै चर्चा गरिरहनु त्यति उपयुक्त होइन र पनि त्यही भइरहेको छ । वाग्लेलाई कांग्रेसले जोगाउनु पर्दथ्यो भन्नेमा कुनै विमति रहँदैन । अर्थशास्त्रमा दखल राख्ने वाग्ले जस्ता विज्ञहरूको सहयोग लिन पार्टीले सक्नैपर्दछ भन्नेमा पनि दुई मत हुँदैन तर पार्टी नै छाडेर गइसकेपछि पनि गोविन्द भट्टराईको भन्दा वाग्लेको बारेमा छलफल चलिरहनुले कसैलाई फाइदा गर्दैन ।

नेपाली कांग्रेसमा आजमात्रै कसैले पार्टी छाडेको होइन । स्थापना कालदेखि नै कसै न कसैले पार्टी छाड्दै आएका थिए र त्यो क्रम आज पनि जारी नै छ । मातृकाप्रसाद कोइराला कुनै बेलाका पार्टी सभापति नै थिए र पनि जीवनपर्यन्त कांग्रेसमा अडिन सकेनन् । डिल्लीरमण रेग्मी, परशुनारायण चौधरी, तुलसी गिरीहरू कांग्रेसका ठूलै नेता थिए । रेग्मी र चौधरी त महामन्त्री नै भएका हुन् र पनि कांग्रेस छाडेका थिए । श्रीभद्र शर्मा योगदान, विवेक, ज्ञान र क्षमता सबै हिसाबले अग्रणी थिए । कांग्रेसका महामन्त्री नै थिए र पनि चिरपर्यन्त अडिन सकेनन् ।
बखानसिंह गुरुङहरू पनि कांग्रेसको राजनीतिबाटै प्रसिद्ध भएका थिए र पनि पञ्चायतकालका मन्त्री बनेका थिए । कांग्रेसमा कोही रहनु र कोही नरहनु ठूलो कुरो होइन । कांग्रेस बीपीले देखाएको बाटोमा छ कि छैन, लोकतन्त्रप्रति कति प्रतिबद्ध छ, समाजवादी बाटोमा हिँडेको छ कि छैन जस्ता चाहिँ छलफलका विषय हुन सक्दछन् ।

डा.स्वर्णिम त मातृका, चौधरी, श्रीभद्रहरू जस्ता राजनीतिले खारिएका व्यक्तित्व त पक्कै होइनन् । उनी गएपछि कांग्रेसमा अर्थशास्त्र बुझेका विद्वानहरूको खडेरी नै पर्ने पनि होइन । आगामी निर्वाचनमा घोषणापत्र लेख्न नसक्ने अवस्थामा कांग्रेस पुग्ने पनि होइन । वाग्लेसँगै हजारौं कार्यकर्ताको ओइरो स्वतन्त्र पार्टीतर्फ लाग्ने पनि होइन तर के कारणले वाग्लेले पार्टी छाडे र कांग्रेसले किन उनलाई रोकिराख्न सकेन भन्ने प्रश्न चाहिँ उठ्छ नै । वाग्लेको निरन्तरको अवसरको चाहना पार्टीले पूरा गर्न नसकेको हो कि वाग्लेमाथि कांग्रेसले अन्याय नै गरेको हो भन्ने जवाफ चाहिँ दिन सक्नुपर्दछ । वाग्लेले भने झैँ दाइभाउजू मात्रै दोषी हुन् कि उनको यो अनर्गल प्रचार हो भन्ने पनि क्लियर हुनुपर्दछ ।
वाग्ले त न विद्यार्थीकालमा कांग्रेसको कुनै संगठनमा थिए, न जागिरे जीवनमै । विदेशमै पढे, विदेशी जागिर खाए । त्यही प्रसिद्धिले नेपाल आउने बित्तिकै राष्ट्रिय योजना आयोगको सदस्य बने, उपाध्यक्ष भए । यही आधारमा नेपाली कांग्रेसका विविध सामग्रीहरू तयार गर्ने समितिहरूमा रहे । प्रशिक्षणहरूमा हिँडे । ख्याति कमाए । नेपाली कांग्रेसले देशभर उनलाई चिनायो । डा.स्वर्णिम केही हो है भन्ने परिचय स्थापित गर्नमा कांग्रेसको नै भूमिका रहृयो तर यत्तिले उनलाई पुगेन भने अरू कसैले चिन्ता गरेर केही हुँदैन ।

उमेरका हिसाबले २०४२ को सत्याग्रहमा वाग्ले सहभागी थिए या थिएनन् भन्ने प्रश्न उठाउन नै मिल्दैन । २०४६ को जनआन्दोलन, २०६२–०६३ को जनआन्दोलन आदिमा भने मनमा चाहना भएको भए उनी सक्रियतापूर्वक लाग्ने अवसर थियो तर उनका विविध परिस्थितिहरूले वाग्लेलाई त्यो सौभाग्य मिलेन होला । गोविन्द भट्टराई भने जनताका मुक्तिका लागि सबै आन्दोलनहरूमा अग्रपंक्तिमै रहेर लडिरहे । त्यसैको प्रतिफल आज पहिलो पटक संसदीय चुनाव लड्दै छन् भने उनलाई हानी हुने गरी हल्लाहरू फिँजाउने काम भइरहृयो भने गोविन्द जस्ता असल लोकतन्त्रवादीहरू राजनीतिमै टिकिरहने परिस्थिति निर्माण हुन सक्दैन । जसले गर्दा भोलिको राजनीतिमा कस्ता व्यक्तिहरूले प्रश्रय पाउने हुन् भन्ने आशंका जन्मिँदै जान्छ ।

वाग्लेको संलग्नता कांग्रेसमा पुरानो नभए तापनि उनको परिवारको चाहिँ थियो भन्ने समाचारहरू आइरहेका छन् । उनका पिता कुनै बेलाका प्रजातन्त्रका असल समर्थक हुन् र उनको परिवारले कांग्रेसलाई निरन्तर सहयोग गर्दै आएकोमा कसैले सन्देह गरेको पनि छैन तर वाग्लेले कलिलै उमेरमा गरेको प्रगति र छिप्पिन नपाउँदै गरेको पार्टी परित्यागले मात्रै केही प्रश्न उठाएका हुन् । यसका बारेमा चर्चा गर्ने समय पछि आउँछ तर अहिले लोकतन्त्रका लागि लडेका मात्रै होइनन् कि बोली, व्यवहार र आचरणका कारण सर्वप्रिय गोविन्द चुनाव लडेका बेला चर्चा गर्न थालियो भने नकारात्मक परिस्थितिको निर्माण हुनसक्दछ ।

समयमै चर्चाको शिखरमा पुगेका वाग्ले अवसरबाट पछि हट्नु किमार्थ उचित ठानेनन् होला । नेपाली कांग्रेसमै बसिरहने हो भने रामचन्द्र पौडल जस्ता नेता त वरिष्ठ नेतामै सीमित हुन पर्‍यो भने वाग्लेले त कति पापड बेल्नुपर्दछ भन्ने आकलन नगर्ने कुरै भएन । डा.शेखर कोइराला सभापति पदको प्रतिस्पर्धामा वर्तमान सभापतिसँग नेक टु नेक हुँदा पनि मर्यादाक्रममा निकै पछि बस्नुपरेको बाध्यता स्वर्णिमले नदेखेका होइनन् । वर्षौंको राजनीति गरेर जेलनेल भोगेका चन्द्र भण्डारीहरू केन्द्रीय सदस्यसम्म हुन नपाएको पनि वाग्लेको जानकारीमै थियो भने माथि पुग्ने लक्ष्य राखेका वाग्ले जस्ता व्यक्तिहरूले पार्टी छाड्नुलाई नौलो विषय मान्नै पर्दैन ।

बीपीले भारतमा बसेर नेपाली कांग्रेस खोले, कांग्रेसले प्रजातन्त्रका लागि लड्यो, बीपी पटक–पटक जेल बसे आदि कुराहरू गर्नै पर्दछ भन्ने बाध्यता सबैलाई छ भन्ने ठान्नु पनि हुँदैन । रविले मिडियामा छँदा राजनीतिकर्मीलाई दोष लगाए, राजनीतिमा छिरेपछि मिडियाहरूलाई गाली गरे ।

जबकि वाग्लेकै भनाइमा बीपी कोइरालाकै जत्तिको क्षमता भएका रवि लामिछानेका पार्टीमा दोस्रो वरियतामा बस्ने अवसर उनलाई आउनेवाला छ । स्थापना भएको छ महिनाको अवधिमै बीस सांसद् जिताएर मुलुककै चौथो ठूलो पार्टी बन्न सफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीको ठूलो नेता बन्ने मौका पाउँदा–पाउँदै पालो कुरेर बसिरहनुलाई उनले उचित नठान्नु उनकै स्वतन्त्रता हो । त्यसैले पार्टी रोज्ने उनको अधिकार कुण्ठित हुने गरी चर्चा चलाइनु पनि किमार्थ उचित देखिँदैन ।

बीपी कोइराला भारतमा बसेर पछि नेपाल आएका थिए । रवि लामिछाने पनि नेपाली नागरिकता त्याग गरेर अमेरिका बसी पछि नेपाल आएका हुन् । दुवैजना विदेश बसेर नेपाल आएका हुनाले यी दुईको तुलना गर्नु वाग्लेको अधिकार हो । बीपीले भारतमा बसेर नेपाली कांग्रेस खोले, कांग्रेसले प्रजातन्त्रका लागि लड्यो, बीपी पटक-पटक जेल बसे आदि कुराहरू गर्नै पर्दछ भन्ने बाध्यता सबैलाई छ भन्ने ठान्नु पनि हुँदैन । रविले मिडियामा छँदा राजनीतिकर्मीलाई दोष लगाए, राजनीतिमा छिरेपछि मिडियाहरूलाई गाली गरे ।

यो एउटा ठूलै साहस हो । नेपालमा आए जेलमै सड्नु पर्दछ भन्ने जान्दा जान्दै नेपाल जोगाउने उद्देश्यले बीपी नेपाल आए । यो बीपीको ठूलो साहस हो । रवि र बीपी दुवैमा भएको साहसलाई लिएर यी दुईको तुलना वाग्लेले गर्नुलाई पनि अन्यथा ठान्न हुँदैन जस्तो लाग्दछ । कांग्रेसका शेरबहादुर देउवा, एमालेका केपी ओली, माओवादीका प्रचण्डहरूका विरुद्धमा ‘नो नट अगेनको’ नारा लगाएर रविले चुनाव जिते । पछि तिनै नेताहरूका दैलामा पुगेर उपप्रधान एवं गृहमन्त्री बने । गृहमन्त्री बन्न के कस्ता उपाय अपनाउनुपर्दछ भनी पहिल्यै योजना बुन्न सक्ने रविलाई दूरदृष्टि भएको नेता मान्नैपर्दछ ।

नेपाल र नेपालीको समृद्धिका लागि लोकतान्त्रिक समाजवादको बाटो मात्रै उपयुक्त हुन्छ भनेर तदनुरूपको सिद्धान्त र आदर्शको बाटो बीपीले देखाएका थिए र मुलुक आज त्यही बाटोमा हिँड्ने प्रयत्न गर्दैछ । बीपीलाई त नेपालले मात्रै होइन विश्वले नै दूरदृष्टि भएको नेता मानेकै छ । यसैले पनि यी दुई नेताको तुलना गर्दा धेरैलाई किन टाउको दुखाइ भएको छ बुझ्न सकिएको छैन । यति चाहिँ बुझियो कि तनहूँ क्षेत्र नं १ का जनताले इमान, निष्ठा, प्रतिबद्धता र निरन्तरतालाई रोज्दैछन् ।

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
कुलप्रसाद काेराला
कुलप्रसाद काेराला
2023-04-06 9:02 pm

भाइ शान्ति , तिमीले मलाई भाइ तँ तिमीभन्ने पनि अधिकार दिएका छाै अनाैपचारिक सन्दर्भमा तापनि अहिले म डा शान्तिकृष्ण अधिकारी जाे नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घकाे पूर्व अध्यक्ष र विभिन्न पत्रिकामा विचार प्रवाहक पनि हुनुहुन्छ ,उहाकाे लेख अ” ” अवसर चयनका लागि स्वर्णिम” अाहा! कति राम्राे शीर्षक ।सङ्घर्ष कसैले गर्छन समयले गराउँछ ।सबैका लागि अनिवार्य हुँदैन स्वर्णिमलाई परेन तर अब्बल मन मस्तिष्कका मान्छेले अधैर्य र जादुगरी अनि तिलस्मिक बाटाे राेज्दा समाज र सभ्यतालाई हानी हुन्छ ।वाग्लेले पाएकाे सुविधा गाेरेबहादुर खपाङ्गीले पाएनन् ।न शान्तिकृष्णले पायाे न त कुलप्रसादले ।हामी घाँस दाउरा,चुलाेचाैकाे र नेविसङ्घ अनि अनेरा स्ववियुका क्रियाकलापमा सराेबर भएर 2 वर्षे पाठ्यक्रम 3 या 4 ्षमा पूरा गर्नेमा पर्याैं ।मलाई लाग्छ स्वर्णिमजीलाई नेकाँले राम्राे सम्मान गरेकाे हाे ।राष्ट्रिय याेजना अायाेगकाे सदस्य र उपाध्यक्ष्यमा लगेकाे हाे ।अहिले डा अारजु र शेबदेले के गरे त्याे उनले र सम्बद्ध व्यक्तिले बुझ्ने कुराे हाे ।डा शान्तिका तर्कमा 99/ प्रतिशत नेपालीकाे सहमति हुन्छ जाे विवेक,अनुशासन र पद्धतिका पक्षमा छन् ।रातारात जी पनि बादसाह बन्नैपर्ने कुराे ्वथा अस्वीकार्य थियाे छ र रहनेछ ।अतः डा शान्ति अधिकारी ( मेरा प्रिय भाइ) संसार तपाइँका पक्षमा उभिन्छ । समुद्र सुक्ला, पहाड झुक्ला अागाेशीतल बनला तर सत्य सत्य सत्य नै हाे ।याेबदलिंदैन शेबदेडार्जु र स््णिमका चाहनामन ॐसत्यं ऋत इति अहमन्ये ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?