पीडित किसानलाई यथाशीघ्र राहत दिन सरकारसँग सांसद साँवाको माग

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका सांसद लालप्रसाद साँवा लिम्बुले हावाहुण्डरी र असिना पानीका कारण किसानले भोग्नु परेको आर्थिक क्षतिप्रति सरकारकाे ध्यानाकर्षण गराउनु  भएकाे छ  । साथै  उहाँले पीडित किसानलाई यथाशीघ्र क्षतिपूर्ति दिन सरकारसँग माग गर्नुभयाे ।

विहीबार प्रतिनिधि सभा बैठकको सून्य समयमा बोल्दै सांसद साँँवाले झापाको शिवसताक्षी नगरपालिकाका केहि वडा र कन्काई नगरपालिकामा भएको क्षतिबारे संसदमा जानकारी गराउनु भएको थियो ।

केही दिन अघि  हावाहुरीसहित आएको असिनाका कारण किसानका बालिनालीसहित घर र गाईवस्तुकाे गोठमा समेत क्षति पुगेको उहाँले बताउनु भयो ।  साथै उहाँले भित्त्राउन लागेको अन्नबालीमा समेत क्षति पुगेको अवगत गराउनु भयो ।

सांसद साँवाले जनजिविका र किसानका समस्याका बारेमा संसदमा बरोबर आवाज उठाउँदै आउनु भएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्ने अधिकांश संसदहरुले सडक, खानेपानी,गौरवका आयोजना,पुँजीगत खर्च लगायत पूर्वाधार निर्माणको विषयमा चासो राख्दै निर्माणको काम सरकारले सक्रिय बढाउन माग गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?