हाफ म्याराथनको उपाधि दीपक र राजपुरालाई

हिमालय टाइम्स
Read Time = 5 mins

बुटवल । बुद्धको जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद भन्ने’ मूल नारासहित आयोजित लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाइले प्रथम स्थान हासिल गर्नुभएको छ ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीले अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा आज २१ किलोमिटरको हाफ म्याराथन प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका अधिकारीले एक घण्टा ६ मिनेट दुई सेकेण्डमा लुम्बिनी वरपरको २१ किलोमिटरको दूरी पूरा गर्नुभएको थियो । प्रतियोगिताको पुरुषतर्फ प्रथम हुनुभएका अधिकारीले एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

यस्तै, महिलातर्फ २१ किमी दूरी नेपाल प्रहरीकी पछाइले एक घण्टा २४ मिनेट दुई सेकेण्डमा पूरा गर्नुभयो । प्रतियोगितामा महिलातर्फ प्रथम हुनुभएकी पछाइले एक लाख ५१ हजार नगद शिल्ड तथा प्रमाणपत्र पाउनुभयो ।

प्रतियोगितामा पुरुषतर्फ एपिएफका गोपीचन्द्र पार्की एक घण्टा ६ मिनेट ४६ सेकेण्डमा दूरी पूरा गर्दै द्वितीय हुनुभएको छ । यस्तै, त्रिभुवन आर्मीका मुकेश पाल एक घण्टा सात मिनेट १५ सेकेण्डमा दूरी पार गर्दै तृतीय र त्रिभुवन आर्मीकै नरेन्द्र रावल एक घण्टा सात मिनेट १५ सेकेण्डमा दूरी पार गर्दै चौथो स्थान हासिल गर्न सफल हुनुभयो ।

महिलातर्फ एपिएफका विन्द्रा धान्के श्रेष्ठ एक घण्टा २६ मिनेट सात सेकेण्डमा दूरी पूरा गर्दै द्वितीय हुनुभयो । नेपाल प्रहरीका रेखा विष्ट एक घण्टा २६ मिनेट ११ सेकेण्डमा दूरी पार गर्दै तृतीय र त्रिभुवन आर्मीका पूर्णलक्ष्मी एक घण्टा २८ मिनेट ३३ सेकेण्डमा दूरी पार गर्दै चौथो हुनुभयो । दुवै विधामा द्वितीयले ७५ हजार र तृतीयले ५० हजार र तृतीयले ३० हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

पुरुषतर्फ त्रिभुवन आर्मीका गजेन्द्र राई पाँचौँ र महिनदेव जोशी छैटौँ, एपिएफका राजेन्द्र तामाङ सातौँ एवं त्रिभुवन आर्मीका जितेन्द्र दनुवार आठौँ, प्रेमबहादुर बस्नेत नवौँ र टंक कामी १०औँ स्थान प्राप्त गर्न सफल हुनुभएको छ ।

महिलातर्फ नेपाल प्रहरीका राममाया बुढा चौथो र एपिएफका आशा रावल, त्रिभुवन आर्मी क्लबकी निर्मला केसी सातौँ एवं खुलाबाट आठौँ सुर्खेतकी विन्दु हमाल, त्रिभुवन आर्मीकी निर्मला पुन नवौँ र शारदा शाहीले १०औँ स्थान प्राप्त गर्न सफल हुनुभएको छ ।

प्रतियोगितामा दुवै विधाका पाँचौँले २० हजार, छैटौँले १० हजार, सातौँले सात हजार, आठौँले पाँच हजार र नवौँ तथा १०औँले पाँच÷पाँच हजार नगद पुरस्कार पाउनुभयो । प्रतियोगितामा देशभरका दुई हजार पाँच सय खेलाडी म्याराथनमा उत्रेको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताउनुभयो ।

प्रतियोगिताको लुम्बिनीस्थित शान्तिदीपमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मसाल बालेर प्रमुख प्रशिक्षकलाई हस्तान्तरण गरेपछि म्याराथन प्रतियोगिता सुरु भएको थियो । मायादेवी प्रवेशद्वारबाट सुरु भएको म्याराथनमा सहभागी खेलाडीहरूले पर्साचोकबाट पुनः महिलबार हँुदै दुई फन्का लगाएर निर्धारित दूरी पार गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?